रोटरी क्लव अफ सेन्ट्रल बुटवलको छैठौ स्थापना दिवस सम्पन्न

प्रकाशित मिति:

बुटवल, २० माघ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको छैठौ स्थापना दिवस सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्वले विभिन्न सहयोग प्रदान गरेको छ । स्थापना दिवसको अवसरमा क्लवले जनता मावि रामनगरलाई ४ थान कम्युटर, २ थान स्मार्ट कम्युटर गरी ६ थान कम्युटर हस्तान्तरण गरेको छ । त्यस्तै मानव सेवा आश्रमलाई सरसफाई सामाग्री समेत क्लवले हस्तान्तरण गरेको छ । स्वार्थ भन्दा माथी रहेर विभिन्न क्षेत्रमा सहयोग गरेका दुई जनालाई क्लवले स्थापना दिवसको अवसरमा सम्मान गरेको छ ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई भवन निर्माणर्थ १ करोड दिएका सुरज पाण्डे, मचैवारमा ७ वटा विद्यालय र एउटा मन्दिरमा शौचालय एवं खानेपानी व्यवस्थापन गरेको भन्दै तिल प्रसाद भटटराइलाई क्लवले सम्मान गरेको हो । क्लवका अध्यक्ष बावुराम भटट्राई, प्रमुख अतिथि भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरी, विशिष्ट अतिथि रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गर्भनर राजिव पोखरेलले दुवै जनालाई दोसल्ला र प्रमाणपत्र बाट सम्मान गरेका थिए ।

स्थापना दिवस कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री चौधरीले रोटरीले गर्ने कामको तरिका सरकारले सिक्नुपर्ने बताए । विभिन्न सामाजिक कार्यमा रोटरीले पुराएको योगदानको प्रसंसा गर्दै मन्त्री चौधरीले काम गराईको तरिका रोटरीबाट सरकारले सिक्न सके धेरै कामहरु समयमै हुने बताए । उनले मुटु अस्पतालका लागि सिफारिस भएको तिलोत्तमा १० नंं को जग्गा लाई लालपुजा प्राप्तीका लागि संघ सरकारलाई आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरे । रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गर्भनर राजिव पोखरेलले रोटरीले देशभरमा साढे २ अर्ब भन्दा बढिको प्रोजेक्टको काम गरेको बताउँदै सरकारले सामाजिक कार्य गर्ने रोटरीलाई एनजिओ, आईएनजिको रुपमा हेर्ने गरेको बताए । सरकारले गर्ने धेरै कार्य रोटरीको क्षेत्रबाट भएपनि सरकारले रोटरीलाई हेर्ने दृष्टिकोणमा अझै परिर्वतन नआएको बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, सुनवल नगरपालिकाका नगरप्रमुख भिम बहादुर थापा, संस्थापक अध्यक्ष एजाज आलम, रोटरी क्लव अफ वालिङकी अध्यक्ष सोमुमाया राना, रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जका अध्यक्ष पुर्ण बहादुर चौधरी, नयाँ सदस्य गणेशचन्द्र पोखरेल लगाएतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम क्लवका अध्यक्ष बावुराम भटट्राईको अध्यक्षता, निबर्तमान अध्यक्ष राजेन्द्र कार्कीको स्वागत तथा सचिव गंगा प्रसाद ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।