आफूमाथि कुटपिट भएको भन्दै सुष्मा प्रहरीकोमा पुगिन्

प्रकाशित मिति:

नायिका सुष्मा कार्कीे काठमाण्डौको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी छिन् । सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् ।

नायिका सुष्मा कार्कीले आफूलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको बताइन् । सुष्माले भनिन्–‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’