नगरबासीले देख्ने गरी नगरको छिट्टै नै विकास हुन्छ का नगर प्रमुख वि क

प्रकाशित मिति:

अनिल नेपाली
अर्घाखाँची ३० कात्र्तिक \सन्धिखर्क नगरपालिका हरामरा नेपालकै सुन्दर नगरपालिका बन्ने नगर कार्यवाहक प्रमुख ठाकुर कुमार वि क किशोरले बताउनुभएको छ । सन्धिखर्क नगरपालिकाको वडा न ६ नरपानीमा आज सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्वोधन गदै कार्यबाहक नगरप्रमुख वि क ले यस्तो बताउनुभएको हो । देशमा केन्द्रिकृत शासन स्थानीय तहमा आई जनताको अघिकार गाँउगाँउमा आएको र यसले गर्दा नेपाली जनताको समस्या लाई समधान गर्नको लागि सहज हुने बताउदै सन्धिखर्क नगरपालिकाले नेपालकै नुमना नगरपालिकाको रुपमा आफुलाई विकास गरी सम्पूर्ण नगरबासीले छिट्टै नै देख्ने गरी विकास गर्ने बताउदै नगरमा केही प्राविधिक समस्या भए पनि सम्पूर्ण कार्यपालिका सदस्य वडा अध्यक्ष कर्मचारी नगरबासीको सम्पूर्ण रोहबरमा ति समस्यालाई सुल्टाउने बताउदै आफु सबै नगरबासीको जनप्रतिनिधि भएकोले आफुले सम्पूर्ण नगरबासीले देख्ने गरी कृषि पर्यटन खानेपानी शिक्षा स्वास्थ्यमा विकास गर्ने दीर्घकालिन सोच बनाई अगाडी बढेको बताउदै यो अभियानमा सम्पूर्ण नगरबासीले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

नगरपालिका भित्र केही खानेपानी अन्य केही प्राविधिक समस्या कही कतै रहेको भन्दै ती समस्यालाई सबैको जनसहभागिताको माध्यमबाट सहकार्य गरी उल्लेखनीय मात्रामा जनताले देख्ने गरी मास्टर पलान सहित अगाडि बढेको बताउदै पोखेडाँडा देखि अमिलेसम्म खानेपानीको समस्या छिट्टै समाधान हुने बताउँदै बुउदेश्यीय लक्ष्यको माध्यमबाट सबै समस्याको समाधान हुने त्यसका लागि नगरले सहरी विकास मन्त्रालयसँग डिपिआर तयार गरी माटर पलायन सहित अगाडि बढेको बताउदै नगरले भखरै मात्र सन्धिखर्कको शान्तिबगैचा स्तरउन्नति गरी नरपानीको पनि स्तरउन्नति गर्ने सोच बनाई अगाडि बढेको बताउदै सबै नगरबासीले देख्ने गरी ५ वर्षमित्र सुखी नेपाली समेद्ध नेपालको चाहनालाई पूरा गर्नको लागि नगरले सामाजिक भौतिक खेलकुद तर्फ छुट्टा छुट्टै बजेट बिनियोजित गरेको बताउदै सुन्दर नगर नगरबासीकोे रहर भन्ने भनाईलाई आत्मसाथ गरेको बताउनुभएको छ ।

कार्यक्रममा यसरी मन्तब्य राख्नेमा प्रमुख प्रशासकीय अघिकृत निरज पौडेल कृषि अघिकृत नन्दलाल पाण्डे , पशु विकास अघिकृत राधा पाण्डे वडा न ६ का वडा अध्यक्ष कृष्ण प्र आचार्य नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि राजेन्द्र भुसाल नेपाली काँग्रेका जिल्ला सहसचिब इन्सु भिया राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य गोविन्द वि।सी लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै जनताको समस्यालाई नगरपालिकाले छिट्टै नै देख्ने गरी पारदर्शि जबाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए कार्यक्रममा स्थानीय अगुवा प्रितम थापा मनिराम आचार्य ज्ञानराज न्यौपाने ओम ब थापा लगायतले वडा कार्यालय सबैलाई पायक पर्ने ठाँउमा हुनु पर्ने बताउदै विकासको गतिलाई नयाँ मोडलअनुसार बनाउनको लागि सुझाब दिएका थिए । कार्यक्रममा पत्रकार महासंघका जिल्ला सहसचिब अनिल नेपाली प्रहरी निरिक्षक राम प्र सुबेदी सब इन्जिनियर नारायण पोख्रेल नगर शिक्षा अधिकारी चोपलाल बेल्वासे स्वास्थ्य संयोजक पूर्ण प्र पराजुली लगायत कार्यपालिका सदस्य वडा अध्यक्ष को आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगर का प्रमुख ठाकुर कुमार वि।क किशोरको अध्यक्षता तथा प्रमुख आतिथ्यता शाखा अघिकृत गोविन्द के।सीको सञ्चालन वडा न ३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता लिलाराम गौतमको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो । नगरले चौमासिक रुपमा प्रगति विबरण सार्वजनिक गर्ने निति तय गरेको थियो ।