सिमसार क्षेत्र संरक्षणको बारेमा विशेष योजना बनाएर अगाडी बढ्ने मन्त्रि गिरीको भनाई

प्रकाशित मिति:

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले सिमसार क्षेत्र संरक्षणको बारेमा विशेष योजना बनाएर अगाडी बढ्ने बताएका छन् । उनले लुम्बिनी र योसंग जोडिएका सबै विषयवस्तुमा आफु जोडिन चाहेको बताए ।विश्व सिमसार दिवस–२०२१ को अवसर पारेर लुम्बिनी विकास कोषले मंगलबार लुम्बिनीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सिमसार क्षेत्रको संरक्षण गर्न नसके जमिनमुनीको पानी सुकेर वातावरण र जैविक विविधता नै संकटमा पर्ने भएकाले सिमसार क्षेत्रको संरक्षणलाई अभियानका रुपमा अघि बढाउनुपर्ने बताए । उनले प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा एक गाउँ एक पोखरी अभियान र प्लाष्टिक तथा फोहोरमैला व्यवस्थापनका लागि प्रशोधन परियोजनाको काम अघि बढाएको बताए । उनले पृथ्वीको संरक्षण गर्नुपर्छ भन्ने कुरामा दुईमत नरहेको बताए । ‘यो पृथ्वीलाई धेरै दोहन गरिएको छ, अब पृथ्वीको संरक्षणबारे सचेत हुनुपर्छ, ’मन्त्री गिरीले भने ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले सिमसार क्षेत्रको संरक्षण गर्नुपर्ने बताए । उनले पृथ्वीको संरक्षण गर्न नसके पृथ्वीमा बाँच्न नै ग्राहो हुने अवस्थाको सिर्जना हुन सक्ने बताए ।लुम्बिनी विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले सिमसार क्षेत्रको महत्वको बारेमा विश्वले अनुभुति गर्न थालेको बताए । उनले प्रकृतिलाई बचाउनुपर्ने बताए ।नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक फखरुद्दीन खानले जैविक विविधताले भरीपूर्ण तथा शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको सिमसार क्षेत्रको संरक्षण आवश्यक रहेको बताए । उनले लुम्बिनी विकास कोष क्षेत्रफल बाहिर रहेका प्रकृतिका नविनतम कुराहरु पनि देखाएर पर्यटकहरुको बसाइ लम्ब्याउनुपर्ने बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले नगरपालिकाले सारसलाई नगरपंक्षी घोषणा गरेको बताए । उनले सारसलाई बचाउन विद्युतीय तारहरुको व्यवस्थापन गर्नुपर्ने बताए । विश्व वन्यजन्तु कोष  का नेपाल निर्देशक डा घनश्याम गुरुङले पानी बिनाको जीवन सम्भव नरहेको बताए ।लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले अहिले किसानहरु स्वयं सारसको संरक्षणमा लागेको बताए । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।त्यस्तै लुम्बिनीको उत्तरतर्फ हाल एकदर्जन संख्यामा रहेका ताललाई संरक्षण गरी पर्यटक आकर्षित गर्न वातावरण संरक्षणको क्षेत्रमा योगदान पु¥याएका ७ जना संरक्षणकर्मीहरुको नाममा सिमसार ब्लकहरुको नामाकरण थालनी गरिएको छ ।मंगलबार जर्ज आर्किबल्ड, डा। हर्क गुरुङ, चन्द्र गुरुङ, मिङमा नोर्बु शेर्पा, हरिशरण नेपाली ९काजी०, डा। तिर्थमान मास्के र विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक घनश्याम गुरुङको नाममा ७ वटा सिमसार क्षेत्र नामाकरण र उद्घाटन गरिएको छ ।  लुम्बिनी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी लुम्बिनीविकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्यले सात वटा सिमसार ब्लक उद्घाटन गरेका हुन् ।