शान्ति नमुनामा खेल सप्ताह जारी

प्रकाशित मिति:

तिलोत्तमा, माघ २० । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा जारी खेल सप्ताह अन्तरगत मगंलबार विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।कक्षा ११ र १२ मा जारी खेल सप्ताहमा १ सय मिटर दौडमा छात्रतर्फ सुनिल रावल प्रथम, बालकृष्ण ढकाल द्वितीय र लिम बहादुर सारु तृतीय भएका छन् । यस्तै छात्रातर्फ सुस्मिता नेपाली प्रथम, फुल कुमारी थारु द्वितीय, पुष्पाञ्जली गोतामे तृतीय भएका छन् ।

त्यसैगरी २ सय मिटर दौडमा छात्रतर्फ सन्दिप बस्नेत प्रथम, सुनिल रावल द्वितीय र अभिनास चौधरी तृतीय भएका छन् । यस्तै छात्रातर्फ सुस्मिता नेपाली प्रथम, फुल कुमारी थारु द्वितीय, पुष्पाञ्जली गोतामे तृतीय भएका छन् । त्यस्तै छात्राहरुबीच भएको टेवल टेनिस खेलमा सुस्मिता नेपाली प्रथम, अनिता खरेल द्वितीय, र सुरक्षा रेग्मी तथा विविशा कुवँर तृतीय भएको अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।

यस्तै सटपुट खेलमा छात्रतर्फ सुनिल रावल प्रथम, विशाल दंगोरिया द्वितीय, प्रदिप गुरुङ्ग तृतीय भएका छन् भने छात्रातर्फ सुस्मिता नेपाली प्रथम, रिदिमा ज्ञवाली द्वितीय र फुल कुमारी थारु तृतीय भएका छन् । विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले हाल कक्षा ११ र १२ मा खेल सप्ताहको आयोजना गरेको बताउदै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले अन्य तहमा पनि क्रमशः विभिन्न खेलकुदहरु तथा रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।