नेविसंघ चापाकोटमा ९० सदस्यीय समिती गठन

प्रकाशित मिति:

स्याङ्जा – संघठन बिस्तारको अभियानमा जुटेको नेपाल विद्यार्थी संघ चापाकोटले आज जनहित मा।बि दामाचौरमा आफ्नो इकाई समिति गठन गरेको छ। कक्षा ११र १२ कुल ९३जना बिद्यार्थी सम्मीलित कार्यक्रममा प्रतीक्षा गैह्रेको नेतृत्वमा ९०सदस्यीय समिति गठन गरेको चापाकोट क्याम्पस स्वबियु सभापति सबिन चन्द्र डोटेलले बताए। राष्ट्रियता,लोकतन्त्र र समाजबाद कम्जोर भएको आजको विषम परिस्थितिमा सम्पुर्ण समाजबादी र लोकतन्त्रबादी विद्यार्थी एकत्रित भएर मुलुकको परिवर्तनको जाग्नु पर्ने स्थिति सृजना भएको कुरा सभापति डोटेलले गरेका थिए।

यसैबीच अन्तरक्रिया, प्रशिक्षण तथा इकाई समिति गठन कार्यक्रममा बोल्दै ने।बि।संघ चापाकोट क्याम्पसका नेता दिबश भण्डारीले नेपालको राजनैतिक आन्दोलनमा बिद्यार्थीको योगदान फ्रन्टमा हुने जिकिर गरे। बिद्यार्थी संघले बिद्यार्थीको हक,हित र अधिकार प्राप्तिको लडाइँमा अझै बिजयी हासिल नगरेको तर्क राख्दै गरिबका छोरा छोरी लाई महँगो शिक्षा प्राप्त गर्ने अधिकारको समुचित ब्यबस्था राज्यले नगरुन्जेल आवाज बुलन्द बनाइरहनु पर्ने भनाइ भण्डारीले प्रस्तुत गरेका थिए। समिति गठन पश्चात् सम्पुर्ण बिद्यार्थीलाई कलम बितरण गर्दै स्वबियु सभापति डोटेलले नेपाल बिद्यार्थी संघले बिद्यार्थीलाई बन्दुक होइन मुलुकको समृद्धिका लागी कलम चलाउन आग्रह गर्ने कुरा बताए।

यता उक्त कार्यक्रम भब्यताका साथ सम्पन भएको र ने बि संघ प्रतिको विद्यार्थीको आकर्षण देखेर सम्पुर्ण विद्यार्थी हरुमा उज्ज्वल भबिस्यको कामना सहित नगर अध्यक्ष महेस डोटेल र क्षेत्रीय अध्यक्ष धनराज पौडेलले बधाई तथा सुभकामना व्यक्त गरेका छन ।