रुपन्देहीको गैडहवामा पि सि सि प्रविधिबाट बाटो निर्माण

प्रकाशित मिति:

सैनामैना माघ २० । रुपन्देहीको गैडहवा गाउँपालिकामा पिसिसि प्रविधिबाट ढलान गरि बाटो निर्माण गरिदै छ । बालुवा, छड, सिमेन्ट प्रयोग गरि पुराना बस्ती भएका गाउँहरुमा सो प्रविधिबाट ढलान गरि बाटो निर्माण गरिरहेको गाउँपालिकाले जनाएको छ ।

यस प्रविधिबाट निर्माण गरिएको बाटो ग्रवेल, अलकत्रा विछाएर गरिएको पिंच भन्दा बालियो टिकाउ भएकाले यस प्रविधिको प्रयोग गरि बाटो निर्माण गरिएको गाउँपालिका अध्यक्ष बच्छु लाल केवाटले बताउनु भयो । उहाँले भन्नुभयो— “गाउँघरमा हिंडडुल गर्न धेरै समास्या भैरहेको थियो, कम लगानीमा यस खालका बाटो निर्माण गर्न सकिने भएकोले र स्वादेशी उत्पादन तथा कामदार प्रयोग गर्न सकिने भएकाले हामी यस खालको प्रविधि अपनाएर बाटो निर्माण गरिरहेका छौं, ढालान गरेर बनाएका बाटो अन्यको तुलनामा बढि टिकाउ हुन्छ, यो प्रविधि गाउँ भित्रका बाटोमा मात्र प्रयोग गरेका छौं ।

गाउँपालिकामा विकास निर्माणका कामलाई निरन्तरता दिएको उहाँको भनाई छ । यस प्रविधिबाट गत वर्ष २०७६र७७मा चार हजार छ सय छ मिटर बाटो निर्माण गरिएको र यस आर्थिक वर्षमा करिव चार हजार मिटर बाटो निर्माण गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले बताउनु भयो । उहाँले भन्नु भयो —“ गाउँका बाटो सुहाउदो र सरसफाईलाई ध्यान दिएर यस खालको प्रविधि प्रयोग गरि बाटो निर्माण गरिरहेका छौं ।”

यस्तै गाउँपालिकाको वडा नं। ६ मा निर्माण गरिएको बाटोको गाउँपालिका अध्यक्ष बच्छु लाल केवाट, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरे, गाउँपालिकाका इन्जिनियर लगाएतको टोलिले अनुगमन गर्नु भएको छ । बाटोको गुणस्तर बनावटका विषयमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनु भयो ।