६५ अंकको उछालसहित नेप्सेले बनायो अलटाइम हाइ रेकर्ड

प्रकाशित मिति:

शेयर बजार मापक नेप्से सूचकले मंगलबार ६५ अंकको उछालसहित ऐतिहासिक रेकर्ड कायम गरेको छ। मंगलबार नेप्से सूचक ६५।४९ अंकले बढेर २४७३।७३ विन्दुमा पुगेको छ। यो नेप्से परिसूचकले कायम गरेको हालसम्मकै उच्च विन्दु हो।यस दिन सेन्सेटिभ इन्डेक्स पनि १४ अंकले बढेर ४५१ विन्दुमा पुगेको छ।

गत बिहीबार र आइतबार करिब ७१ अंकको करेक्सन देखिएको बजार सोमबारदेखि पुनः उच्च अंकले बढ्न थालेको थियो। सोमबार पनि बजार ३७ अंकले बढेको थियो।

नेपाल स्टक एक्सचेञ्जले मंगलबार २४७४ विन्दुमा पुगेर इन्ट्रा डे कारोबारमा पनि नयाँ रेकर्ड बनाएको छ। मंगलबार कारोबारमा आएका होटल समूहबाहेक अन्य सबै उपसमूहका सूचकहरु सकारात्मक देखिएको छ। जसमा बीमा कम्पनीहरुको सूचक उच्च दरले बढेको छ।