नवीन औद्योगिक कदर.बा.रि.मा.विद्यालयकि अपेक्षा चौधरीले ल्याइन जिपिए ४ ; नेपाल प्रथम भएको विद्यालयको दावी

प्रकाशित मिति:

मधुसूदन नेपाल,बुटवल – राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी अपेक्षा चौधरीले जीपीए ४ अंक हासिल गरेकी छन् ।

“देशभरबाट चार लाख ३२ हजार विद्यार्थी मध्ये बुटवलको सामुदायिक विद्यालय नवीन औद्योगिक कदर बहादुर रिता माद्यामिक विद्यालयको व्यवस्थापन संकायकी छात्रा अपेक्षा चौधरीले उत्कृष्ट अंक हासिल गरेको साथै कक्षा ११ को गत बर्ष पनि रुपन्देहीबाट उत्कृष्ट अंक ल्याइ रुपन्देही टप गरेकि थिन ” विद्यालयको व्यवस्थापन संयोजक अर्जुन खनालले जानकारी दिनु भयो।

परिक्षामा विद्यालय बाट २ सय ६६ जना विद्यार्थीहरुले सहभागिता गराएको थिए । उक्त विद्यालयबाट सिभिल इन्जिनियररिङ् बाट विपिन अधिकारी र सागर पाण्डेले क्रमशः ३.७४ र ३.६५ GPA सहित उत्कृष्ट नतिजा दिन सफल समस्त विद्यार्थीहरुमा हार्दिक बधाई तथा उहाँहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौ। विद्यालय प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताउनु भयो ।


विद्यालयका अङ्ग्रेजी शिक्षक दिपक ज्ञवालीले विभिन्न समाचारहरुमा नेपाल प्रथमको रुपमा GPA ४ ल्याउने विद्यार्थी परेको र उक्त स्थानमा हाम्रो विद्यालयमा अध्यनरत विद्यार्थी अपेक्षा चौधरी पनि नेपाल प्रथम भएको साथै सम्पूर्ण सफलहुनु भएको विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ।