नेकपाको प्रचण्ड नेपाल पक्षद्धारा बिहिबार आम हड्तालको कार्यक्रम सार्वजानिक

प्रकाशित मिति:

नेकपाको प्रचण्ड नेपाल पक्षले संवैधानिक आयोगहरुमा सिफारिस गरिएका पदाधिकारीहरुलाई गराईएको सपथ ग्रहणका विरुद्धमा शसक्त आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर सो पक्षले शसक्त आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत बिहिबार आम हड्तालको कार्यक्रम सार्वजानिक गरेको छ ।पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय संघर्ष समितिका संयोजक नारायाकाजी श्रेष्ठले बलमिचाई, जवर्जस्ती, निरंकुशताको पराकाष्ठाका रुपमा सरकारले संवैधानिक आयोगमा सिफारिस र कानुन विपरित सपथग्रहण गराउने काम गरेको आरोप लगाए ।संयोजक श्रेष्ठले सरकारले अतिबादी चरित्र देखाउँदै गुण्डाराज र फासीवाद लाद्न प्रयत्न गरेको आरोप लगाउँदै शसक्त आन्दोलन गर्न सरकारले नै बाध्य बनाएको बताए ।