महासंघ पत्रकारकै लागि लडिरहन्छ : अध्यक्ष आचार्य

प्रकाशित मिति:

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासंघ सदैव पत्रकारको हकहितका लागि तत्पर रहेको बताएका छन् । कोरोना महामारीमा पत्रकारको श्रम शोषण गर्ने मिडिया हाउस विरूद्व आन्दोलन गरेपछि सुधार भएको उनले बताए । उनले कोरोनाका बेला सञ्चारगृहले विभिन्न बाहना बनाएर पत्रकारलाई बेतलवी विदामा राखेको र पारिश्रमिक नै नदिएको गुनासो आएपछि महासंघकै अगुवाइमा पत्रकार पुर्नवहाली र बक्यौता रकम प्रदान गरेको बताए ।
नेपाल पत्रकार महासंघ रूपन्देहीको वार्षिक साधरणसभालाई बुधबार बुटवलमा उद्घघाटन गर्दै अध्यक्ष आचार्यले पत्रकार महासंघ श्रमजीवी पत्रकारको पक्षमा निरन्तर लाग्ने बताए । नेपालका ठूला मिडिया हाउसले कोरोनाका बहनामा श्रमजिवि पत्रकारलाई पारेको समस्या हल भईसकेको भन्दै उनले जिल्लाका संवाददाता साथीका समेत लिस्ट तयार पारेर पत्रकारको हितमा लाग्ने जनाए । उनले नेपाली मिडियालाई पत्रकार कल्याण कोष बनाउनका लागि अदालतमा मुद्वा हालेर सरकारलाई बाध्य बनाएको बताए । पत्रकार महासंघ अगुवा नागरिक संगठन भएको बताउदै नेतृत्व समेत समावेशि बनाएको उनले बताए । ू१३ जनमध्ये ८ जना समावेशि पदाधिकारी सुनिश्चित गर्नुपर्ने उनको भनाई छ ।