लुगा सिलाउने मानीसको अभाव संगै तालिम सुरु

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली- माघ २१, जाबुने ९देउखुरी दाङ , लुम्बिनी प्रदेशको राजधानीको केन्द्र राप्ती गाउँपालिकाको विकट मानीने वडा तथा सो वडा को पनी विकट गाउँका महिलाको शिप अभिबृद्धि गर्न तालिम सुरु गरिएको छ । यस आर्थिक वर्षको गाउँपालिका र वडाको बजेटबाट राप्ती गाउँपालिकाको वडा नं ९ मा कटाई सिलाई तालिम सुरु गरिएको हो ।
सामान्य लुगा सिलाउनु परेपनि करिव ३ घण्टा हिडेर जानुपर्ने अवस्था रहेको सो क्षेत्रका महिलाको कटाई सिलाईमा सहजता ल्याउन तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यले ३ महिने कटाई सिलाई तालिम सुरु गरिएको वडा नं ९ का अध्यक्ष रिम बहादुर सुनारीले बताउनु भएको छ ।

परम्परागत रुपमा बालीघरे सिलाइ प्रथा हटे संगै लुगा सिलाउने मानिसको अभाव हरेको क्षेत्र वडा नं ९ का १३ जना गरिव विपन्न तथा दलित समुदायका महिलाहरुको शिप क्षमता अभिबृद्धि गरि आय आर्जन बढाउने उदेश्यले ३ महिने कटाई सिलाई तालिम सुरु गरिएका छ । वडा नं ९ को उत्तरी भेगका तल्लो घोसखोला, जाबुने, लगायतका तल्लो क्षेत्रका महिलालाई जाबुने स्थीत सामुदायिक भवनमा ३ महिने कटाई सिलाई तालिम सुरु गरिएको हो ।

वडा नं ९ का अध्यक्ष रिम बहादुर सुनारीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यतामा तालिम सुरु गरिएको हो । तालिममा सहभागी प्रशिक्षार्थिलाई तालिम पश्चात सिलाई मेसीन समेत प्रदान गरिने वडा सचिव राजेन्द्र विक्रम चौधरीले जानकारी दिनु भएको छ । तालिम उद्घाटनमा तालिमका सहभागि लाई तिन महिना सम्म अपनाउनु पर्ने नियम तथा अनुशासनका बारेमा वडा सदस्य दधि बरालले जानकारी गराउनु भएको थियो ।