कुलपानीको अबिधेशन प्रजातान्त्रिक पद्धती अनुसार अध्यक्षमा नवराज

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली-माघ २१, कुलपानि , देउखुरी दाङ – कुलपानी सामुदायिक वन उपभोक्ता समुहको २७ औ साधारण सभा तथा अधिबेशन प्रजातान्त्रिक पद्धती अनुसार सम्पन्न भएको छ ।माघ २ गते देखी टोलभेला सुरु गर्दैमाघ १६ गते भएको साधारण सभा पश्चात कार्यसमिति छनौट कार्य सुरु भएको अधिबेशनले माघ २१ गते नवराज शर्माको अध्यक्षतामा २९ सदस्यीय समिति निर्माण गरेको छ ।

दाङ जिल्लाकै उत्कृष्ट सामुदायिक वन समुह रहेको गढवा गाउँपालिक वडा नं १ बडहरा स्थीत कुलपानी सामुदायिक वन उपभोक्ता समुहको प्रजातान्त्रिक पद्धती अनुसार टोल भेला मार्फत अधिबेशन सम्पन्न गरिएको हो ।समुहको उपाध्यक्षमा राकेश शर्मा, सचिवमा दिल सरी वि।क।, कोषाध्यक्षमा पुष्पा चौधरी, सह सचिवमा आई बहादुर बुढामगर, सदस्यहरुमा टेकराज खनाल, जुद्ध बहादुर विष्ट, मान बहादुर कुमाल, सरिता अधिकारी, जगीराम चौधरी, जग्गु प्रसाद चौधरी, मग्नी राम चौधरी, विष्णु चौधरी, जलावति चौधरी, पुष्पा योगी, सीता थापा, सीता नेपाली, रामस्वरुप चौधरी, मुरारी चौधरी सर्ब सम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

गढवा गाउँपालिकाको कुलपानी, बडहरा, पत्रिङगा र राप्ती गाउँपालिकाको खुरुरीयाँ, बसन्तापुरका करिव ६ सय बढि उपभोक्ता रहेको बन समुह मा ४ हजार बढि उपभोक्ताले वन पैदावार प्रयोग गर्ने गरेका छन् ।साविकमा जि।पी यस सर्बे अनुसार ३ सय ५५।४६० हेक्टर रहेको वन क्षेत्र २०७० सालमा जिपी यस सर्बे अनुसार ४ सय ३६।२ हेक्टर वनको क्षेत्रफल कायम गरि वन संरक्षण तथा सम्वद्धनका कार्य गरिदै आईएको बनमा साल, जामुन, कर्मा, दबदबे, मौवा, सिसौं, उपोष्ण मिश्रित पतझड प्राकृतिक रुख तथा बृक्षारोपण गरिएका रुख विरुवा रहेको छन् ।वन ब्यवस्थापन कार्ययोजनाको अवधि आर्थिक वर्ष २०७९ सम्म रहेको वन समुह २०५० सालमा नियमानुसार जिल्ला वन कार्यालयमा दर्ता भएको थियो । उत्तरमा पत्रिङ्गा र बडहरा आवादि तथा दामोदर सडक, पूर्वमा बौराहा खोला, पश्चिममा लक्ष्मी सामुदायीक वन र दक्षिणमा चुरेको तल्लो भाग तथा राष्ट्रिय वन रहेको क्षेत्रको संरक्षणका लागि वन समितिले काम गर्दै आएको छ ।

दाङ जिल्ला साविक गोवरडिहा गाविस हाल गढवा गाउँपालिका वडा नं १ बडहरामा पर्ने यो वन २०१८ साल भन्दा पहिले घनघोर तथा हराभरा अवस्थामा थियो । बाघ, भालु, जस्ता हिंस्रक जनावरहरु प्रसस्त पाइृने भएकोले यहाँका मानिसहरु घाँस दाउरा गर्न एक्लै जान नसक्ने अवस्थामा थिए । वि।स २०१८ सालमा राप्तीमा भिषण बाढि आएर नदि छेउका गाउँबस्ती डुवान तथा कटान गरि बगाएपछि डुवानमा परेका मानिसहरु वनको पुछारमा ल्याएर बसालियो । जसले गर्दा स्थानिय मानिसका अतिरिक्त विस्तापीत बाढि पिडितहरु समेत यस वन क्षेत्रको वन पैदावारमा आश्रित हुनथाले सो समयमा वनसंरक्षणको प्रभावकारी ब्यवस्था नभएको र प्रयाप्त वन जंगल भएकोले स्थानिय मानिसहरु जथाभावी वनपैदावारको प्रयोग गर्ने गर्थे । फलस्वरुप वन दिनानु दिन मासीदै जानथाल्यो र करिव २०३५।३६ साल सम्ममा वन विनास भई कुलपानी क्षेत्र चौरमा परिणत हुन पुगेको कुरा स्थानिय बुढापाकाहरुको भनाई रहेको छ

स्थानिय जनतामा चेतनाको अभाव र संरक्षण सम्वन्धि जानकारी, उचित वन नितिको अभावमा थप वनक्षेत्र पनि नस्ट हुने क्रम जारी रहेका अवस्थामा २०४५ सालमा तत्कालिन गोवरडिहा गाउँ पञ्चायतको अगुवाई र स्थानियबासीको सहचागीतामा कुलपानी चौरमा सिसौ प्रजातिको बृक्षरोपण तारवार गर्ने कार्य गरिएको र सामुदायीक वन बिकास कार्यक्रमको सुरुवात पश्चात २०५० साल असार २८ गते पहिलो पटक ३० हेक्टर वनक्षेत्र स्थानिय उपभोक्तलाई सामुदायीक वनको रुपमा तत्कालिन जिल्ला वन कार्यालय दाङ बाट ५ बर्षका लागि हस्तान्तरण भएपछि सो कुलपानी वन क्षेत्रको संरक्षण हुन थालेको पाईन्छ । वन समुह गठन भएपछि स्थानिय उपभोक्ताको वनपैदावारको माग र वन संरक्षण प्रतिको सक्रियताको आधारमा वनक्षेत्र थप गर्दै २०५६ असार २३ गते, २०५९ बैशाख १७ गते र २०६६ साल जेष्ठ १८ गते गरि तिनपटकमा यस वन समुहका वनक्षेत्रको वन ब्यवस्थापन कार्ययोजना पुनराबलोकन सहित नविकरण गरिदै आईएको छ । पछिल्लो समयमा सव डिभिजन वन कार्यलय कालाकाटेको पहलमा यस वन क्षेत्रको वनको अवस्था अनुसार ब्यवस्थापन गर्दै प्राकृतिक सौन्दर्यताका लागि पोखरी, पार्क, धार्मीक पर्यटकिय स्थलको निर्माण गरिदै आईएको छ ।