क्यान्सर पिडितहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ कञ्चनमा एलायन्स क्लव गठन

प्रकाशित मिति:

२१ माघ,कञ्चन- क्यान्सर रोगको क्षेत्रमा सचेतनामुलक कार्यक्रम सहित समाजमा सेवामुलक कार्यक्रम संचालन गरी सभ्य र स्वस्थ समाज निर्माण गर्ने उद्धेशयका साथ कञ्चनमा एलायन्स क्लव नामक गैर नाफामुलक संस्था स्थापना भएको छ।समाजको बिभिन्न क्षेत्रमा सेवामुखी तथा सचेतनामुलक काम गर्दै समाजमा रहेका असाहय तथा बेसहरा बालबालिका,जेष्ठ नागरिकहरुको सुरक्षा र संरक्षण र क्यान्सर पिडितहरुलाइ सहयोग गर्ने एलायन्स क्लवको मुख्य उद्धेश्य रहेको छ।

बिभिन्न सचेतनामुलक तथा स्वाथ्यमुलक कार्यक्रमहरु संचालनन गरी समाजमा जनचेतना संचार गर्दै नेपालमा क्यान्सर उपचार अस्पताल निर्माण गर्ने यस क्लवको योजना रहेको कञ्चनमा नव गठित एलायन्स क्लव अफ कञ्चनमा अध्यक्ष सुमन सुबेदीले जानकारी दिएका छन । सन २००८ मा भारतमा स्थापना भई अन्तराष्ट्रिय स्तरमा नेपाल सहित ६० देशमा यो क्लव स्थापना भएको छ। नेपालमा सन २०२० मा स्थापना भई हाल देशभर १ सय शाखा क्लवहरु स्थापना भैसकेको छ।

नेपालका लागि अलि अरुणराज सुमार्गी डिस्ट्रिक गर्भरनरको रुपमा रहेका छन।सामाजिक सेवाभावले स्थापना गरिएको क्लवका अध्यक्ष सुमन सुबेदीले कञ्चनमा पनि क्यान्सर पिडितहरुको उपचारर्थ निर्माण हुन लागेको क्यान्सर अस्पतालको लागि सहयोग पुर्याउन र असाहय,बेसरहरा बालबालिका बृद्धबृद्धाहरुको संरक्षण तथा सहयोगार्थ बिभिन्न कार्यक्रम संचालन गर्ने र हरेक कञ्चनवासीलाई सहयोगी भावनाको बिकास गर्ने लक्ष्याका साथ कञ्चनमा एलायन्स क्लव अफ कञ्चनको स्थापना गरिएको बताएका छन।