नर्थ क्यारोलिनाका एनआरएनहरुको पहलमा न्यानो कपडा वितरण

प्रकाशित मिति:

नेपालीहरू आवश्यकता र बाध्यताले सँसारको जुन कुनामा रहे पनि आफ्नो मातृभूमि प्रतिको मायाममता उत्तिनै हुन्छ । हरपल देश र आफ्नै समाज मानस्पटलमा घुमिरहन्छ ,नेपालीहरुको दुख र दर्दमा आफूलाई पनि दुख्छ, यहि दुख देख्न नसकि आफ्ना आवश्यकतालाई खुम्चाएर भएपनि पिडामा मलम लगाउन प्रयत्न गर्छ ! यहि भावनाको प्रतिनिधित्व नै हो यो कार्यक्रम पनि ।

NRNA अमेरिकाको नर्थ क्यारोलिनाले आफ्नै कार्यसमिति का सदस्यहरुवाट रकम संकलन गरि यो सहयोग गर्ने प्रयास गरेको छ । कार्र्यसमिती का पधाधिकरीहरु राजदीप के सी, बासुदेव भट्ट निशा ढकाल ,अनिता कोईराला ,सुदन गैरे ,इन्दिरा अर्याल ,राम थापा ,केशव खनाल ,रुपेश भट्ट द्वारा व्यक्तिगत रूपमा संकलित रकमवाट यो सहयोग सम्भव भएको हो ।कार्यसमिती का अध्यक्ष कुलानन्द शर्मा एवं सम्पूर्ण टिम यो सहयोगले केहि मात्रामा भए हाम्रा नेपाली दाजुभाई दिदीवहिनीहरुलाइ तत्कालिक रुपमा सहयोग पुग्ने कुरामा आशा राख्दै निकट भविश्यमा उहॉहरू को मुहारमा खुशी छर्ने अरु धेरै कार्यक्रम समेत गर्न चाहना राख्दछ ।साथै तपाईहरुको सुखदु;खमा सधै साथसाथमा रहिरहने र छिटै अर्को कार्यक्रममा भेट्ने प्रतिवध्धता समेत गर्दछ।

थप समाचार