आमहड्तालमा बिहानै ट्याक्सी जल्यो

प्रकाशित मिति:

नेकपा प्रचण्ड नेपाल पक्षबाट आज आमहड्ताल आव्हान गरेको छ । संवैधानिक परिषद नियुक्तिका साथै सरकारको प्रतिगमनकारी कदमका विरुद्ध सो समूहले आमहड्ताल आव्हान गरेको हो । आमहड्ताल आव्हान गरिएसँगै बिहानैदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुमा तोडफोड र आजगनी सुरु भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३ ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको बताए  ।  त्यस्तै काठमाडौंका विभिन्न स्थानमा ५ भन्दा बढी ट्याक्सी, बसमा तोडफोड भएको छ ।प्रहरीका अनुसार, जवजर्जस्ती बन्द गराउन खोज्नेहरु ३५ जना पक्राउ परेका छन् । तरकारी बोक्ने, दुध बोक्ने गाडीहरु चलेका छन् । विहानैदेखि आमहड्तालकारीहरु सडकमा निस्कन खोजेका छन् । तर, बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिति छ ।आमहड्तालका बेलामा पनि परीक्षाका लागि हिडेका विद्यार्थीहरुलाई भने सहजीकरण गरेर जान दिने नेकपाका नेता रामप्रसाद सापकोटाले जानकारी दिए ।