घुस रकम सहीत एक  प्रहरी हवल्दारलाई पक्राउ

१ मंसिर २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
32 Shares


बारा – घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले शुक्रवार एक  प्रहरी हवल्दारलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवलदार सुदामा हजराले कलैयाका एक व्यापारीसँग घुस रमक लिदै गरेको अवस्थामा अख्तियारकाे टोलीले उनलार्इ पक्राउ गरेको हो।

भारतबाट आयात हुने पान मसलाको कारोवार सहज बनाइदिने भन्दै १ लाख रुपैयाँ घुस मागेको र व्यवसायीले घुस वापतको रकम कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित देवकीलाल धर्मशालामा शुक्रवार अपरान्ह साढे ४ बजे बुझाउने क्रममा प्रहरी हवल्दार हजरालाई पक्राउ गरिएको अख्तियारका शाखा अधिकृत तिर्थराज उपाध्यायले जानकारी दिए।नगद सहित पक्राउ परेका हजरालाई थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंङ्गालमा पठाउने अधिकृत उपाध्यायले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया