कञ्चनमा आम हडतालको सामान्य प्रभाव,बिधार्थीहरुको परिक्षालाई बाधा नहुने

प्रकाशित मिति:

२२ माघ,कञ्चन- कञ्चन गाउपालिकामा माधव(प्रचण्ड पक्ष नेपाल कम्युनिष्ट पार्टी९नेकपा०द्वारा आव्हान गरिएको नेपाल बन्द सहितको आम हडतालको प्रभाव कञ्चनमा सामान्य रहेको छ।

प्रधानमन्त्री केपी ओलीले असंबैधानिक रुपमा गरेको प्रतिनिधि सभा बिघटन बिरुद्ध बिघटित प्रतिनीधिसभा पुनर्स्थापनाका लागि देश भर आमहडतालको प्रभाव कञ्चनमा सामान्य रहेको ईलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ। फायरलाईन-लुम्बिनी सडक खण्डमा लामो र छोटो दुरीको सवारी साधनहरु बाहेक निजी सवारी साधनहरु अटो रिक्सा र मोटर साईकल निर्बाध रुपमा संचालन भएको ईलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिएका छन।

कञ्चनका कतिपय बिधालयहरुमा बिधालयत नियमित परीक्षा संचालन भइरहेको र परीक्षा संचालन भएका बिधालय र बिधालयका गाडीहरुलाई निर्बाधरुपमा संचालन गर्न दिने प्रचण्ड-माधव पक्ष नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का स्थानिय नेता पुष्पराज शर्माले जानकारी दिएका छन।शर्माका अनुसार नियमित परिक्षा संचालन भएका बिधालय र बिधालयका गाडीहरुलाई संचालनमा कुनै बाधा नपुराइने बताएका छन।