चापाकोट अस्पताल बिकास समिति गठन

प्रकाशित मिति:

गोपाल जिटी- २०७७ माघ २२\ स्याङ्जाको चापाकोटस्थित अस्पतालको नयाँ समिति गठन भएको छ । चापाकोट नगरपालिकाले एक भेलाको आयोजना गरी अस्पताल विकास समिति गठन गरेको हो । अस्पतालको अध्यक्ष चयन गर्ने अधिकार स्थानीय सरकारमा आएपछि चापाकोट नगरकार्यपालिकाले भेलाको आयोजना गरी रामु बस्याललाई समितिको अध्यक्षमा मनोनित गरेको हो । बस्याल को अध्यक्षतामा ११ सदस्यीय अस्पताल बिकास समिति गठन गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख शिबकुमार गिरीले सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न नव निर्मित समितिले भूमिका खेल्न आग्रह गर्नुभयो । अस्पतालमा अति आवस्यक रहेको बिरामी कुरुवा स्थान तथा प्रतिक्षालय नगरपालिकाले तत्काल निर्माण गरिदिने घोषणा गर्दै नगर प्रमुख गिरीले थप सहयोग समेत गर्दैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । हामी सबै स्वस्थ रहनुपर्छ, स्वास्थ्य राम्रो भयो भनेमात्र हामी हरेक काम गर्नसक्छौं, त्यसैले मानव स्वास्थ्य जस्तो अति सम्वेदनशिल क्षेत्रको लागि नगरपालिकाले सधैं प्राथमिकतामा राख्ने पनि नगर प्रमुख गिरीले उल्लेख गर्नुभयो । आस्पतालमा कार्यरत प्राविधिक तथा कर्मचारीहरु आप्mनो सेवामा दत्तचित्त भएर लाग्न आग्रह गर्दै नगर प्रमुख गिरीले कुनै समस्या भएमा नगरपालिका सधैं साथमा रहने विश्वास व्यक्त गर्नुभयो ।

दैनिक २ सय भन्दा धेरैले सेवा लिदै आएको चापाकोट अस्पतालमा तीनजना मेडिकल अधिकृत सहित ३० जना कर्मचारी रहेका छन् । १५ शैयामा सञ्चालन हुँदै आएको अस्पतालमा अब आवस्यक थप भवन लगायतका भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिकता दिने नवनियुक्त अध्यक्ष बस्यालले बताउनुभयो ।