योगेश भट्टराई, घनश्याम भुसालहरू मान्छेबाट वनमान्छे र रामकुमारी झाँक्री झाँक्रीबाट वनझाँक्री बने : बस्नेत

प्रकाशित मिति:

काठमाडौं– नेकपा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड, माधव नेपाल लगायतका नेता पाखा लाग्दा पार्टी शुद्ध भएको बताएका छन् । ओली समूहले बिहीबारको लागि आयोजना गरेको जनसभाको पूर्व तयारी स्वरुप स्वयमसेवकहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै बस्नेतले आफूहरू नेपाल बनाउन लागेको तर अर्को पक्ष बन्द गराउन लागेको आरोप लगाएका थिए ।

‘प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पार्टीबाट पाखा लाग्दा पार्टी शुद्ध भएको छ ।’ उनले भने, ‘योगेश भट्टराई, घनश्याम भुसालहरू मान्छेबाट वनमान्छे र रामकुमारी झाँक्री झाँक्रीबाट वनझाँक्री बन्न सफल भएका छन् ।’उनले प्रचण्ड–नेपाल समूह नेपाल बन्द गराउन लागेको र ओली नेपाललाई बनाउन लागेको बताएका छन् । आफ्नो समूहले गर्न लागेको कार्यक्रमबाट डराएर आम हड्ताल गरेको तर त्यो सफल नभएको उनको भनाई थियो । स्वयसेवकलाई निर्देशन दिने कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने बारे बताएका थिए ।