फेदिखोलामा ट्रिपर र बस ठोकिदा ४ घाईते, अबस्था सामान्य

प्रकाशित मिति:

स्याङ्जा—२३ माघ- स्याङ्जाको फेदिखोला गाँउपालिका २ मा ट्रिपर र बस ठोकिदा ४ जना घाईते भएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जादै गरेको ग १ ख ७६११ नम्वरको ट्रिपर र पोखराबाट स्याङ्जा तर्फ आउदै गरेको ग १ ख ९३७४ नम्वरको बस एक आपसमा ठक्कर खाँदा दुवै तर्फका गरी ४ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार बसमा १० जना सवार मध्ये ३ जना घाईते भएको र ट्रिपर चालक गरी ४ जना घाईते भएको बताए । सबैको अवस्था समान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

बसमा सवार घाईते पुतलीबजार नगरपालिका १३ बस्ने बर्ष ४० की चादनी शाह, पुतलीबजार नगरपालिका ६ बस्ने बर्ष ५० की सिता कार्की र सोही ठाँउ बस्ने बर्ष ७० की हिमा शर्मा रहेको प्रहरीले जनाएको छ । घाईते दुई जनाको जिल्ला अस्पताल स्याङ्जा र एक जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ । ट्रिपर चालकको भने बायाँ खुट्टामा चोट लागेकाले पोखरा उपचारका लागि पठाइएको प्रवक्ता अधिकारीले बताए । सिम—सिम पानी परेको र सडक घुम्ती भएकाले दुर्घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।