तेस्रो लाफा ब्याडमिन्टनको पहिलो खेलमा सारु र पाण्डेको जोडी विजयी

प्रकाशित मिति:

लाफा समूह बुटवलको आयोजनामा शुक्रबारदेखि तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०७७ शुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा ज्ञानु सारु र बेग प्रसाद पाण्डेको जोडी विजयी भएका छन् । सारु र पाण्डेको जोडीले अर्जुन कार्की र आयुस कार्कीको जोडीलाई २(१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २१÷१९ अंकमा सारु र पाण्डेको जोडीले जित्दै खेलमा अग्रता लिएको थियो । दोस्रो सेटमा भने कार्की जोडीले २१÷११ को अंकमा खेल फर्काउदै बराबरीमा ल्याए । अन्तिम तथा निर्णायक सेटमा २१÷११ को सेटमा जित निकाल्दै सारु र पाण्डेको जोडीले खेल आफ्नो पोल्टामा पारे ।
प्रतियोगिताको खुल्लातर्फ उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५, उपविजेताले नगद ४१ हजार ५ सय ५५ र तृतियलाई ३१ हजार ५ सय ५५ रुपैया, ट्रफि मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । भेट्रान्स तर्फ २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५ तथा तृतियलाई १० हजार ५ सय ५५ रुपैया ट्रफि मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा प्रतियोगितामा उत्कृष्ट, अनुशासित र उदयमान खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै नगरमा खेल विकासमा स्वतस्फूर्त अग्रसर धेरै संघसंस्था रहेको बताए । पछिल्लो समय खेलकुदका विधालाई समेट्ने गरि खेलकुद विकास समितिमा आवद्ध मार्फत काम अघि बढेको भन्दै उनले अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय, राष्ट्रिय स्तर गरि विविध पुर्वाधार विकासमा आफू लागेको बताए ।