पश्चिम नवलपरासीमा प्रहरीले चोर सहित समत्यो ५ वटा चोरीका मोटरसाइकल

प्रकाशित मिति:

प्रकाश  न्यौपाने

माघ २३ ।

पश्चिम नवलपरासी प्रहरीले चोर सहित पाच वटा चोरीका मोटरसाईकल समातेको छ । नवलपरासीको बर्दघाट र रामग्रामका विभिन्न स्थानबाट उनिहरुलाई पक्राउ गरिएको र शुक्रबार आज सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी उपनिरिक्षक राजु लामाले जानकारी दिनुभयो । नवलपरासीको रामग्राम नगरpaalika वडा नम्बर १४ बाट चेकजाँच गर्ने क्रममा चोरी गरि चलाईरहेको अवस्थाम २ जना चालक सहित २ वटा मोटरसाईकल र बर्दघाट नगरपालिकाको वडा नम्बर ७,१२ र १४ बाट चालक सहित तिन वटा चोरीका मोटरसाईकल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यलय नवलपरासी र ईलाका प्रहरी कार्यालय बर्दघाट बाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरी गरिरहेकाहरुलाई पक्राउ गरेको र चोरी मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान अगाडी बढाईएको लामाले बताउनुभयो ।