लुम्बिनी प्रदेशमा तिन दिन प्रदेश स्थापना दिवश मनाईने

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली- माघ २३, बुटवल, प्रदेश स्थापनाको अवसरमा आयोजना गरिने विशेष कार्यक्रम राप्ती गाउँपालिकामा हुने भएको छ ।
शुक्रबार बुटवलमा बसेको प्रदेश स्थापना दिवश कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन समितिको बैठकको निर्णय अनुसार आगामी फागुन २, ३ र ४ गते मुख्यमन्त्रि शंकर पोख्रलको प्रमुख आथित्यतामा कार्यक्रमहरु आयोजना हुने भएको हो ।

प्रदेश स्थापना दिवश कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष आन्तरिक मामिला तथा कानुन मन्त्रि कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशका सबै जिल्लाको सहभागितामा विभिन्न कार्यक्रम गरि ३ दिन प्रदेश स्थापना दिवश मनाउने निर्णय गरिएको बैठकमा आमन्त्रित रहनुभएका राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले बताउनु भएको छ ।

प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि बैजनाथ चौधरी, सामाजिक विकास मन्त्रि सुदर्शन बराल, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, शितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारी, प्रमुख सचिव भरतमणी सुवेदि तथा अधिकाम्स प्रदेश मन्त्रालयका सचिवहरुको सहभाीता रहेको बैठकले आगामी फागुन २ गते सबै पालिकाहरुमा शिक्षा, स्वास्थ्य, सरसफाई संग सम्वन्धित कार्यक्रम सञ्चालन गर्ने, फागुन ३ गते विशेष कार्यक्रमको आयोजना गरि प्रदेश सरकारद्धारा घोषणा गरिएका पदकहरु सम्वन्धित ब्यक्तिहरुलाई सुशोभित गर्ने, प्रदेश भरिका सञ्चार माध्यमवाट प्रदेशका बारेमा जानकारी मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

फागुन ४ गते प्रदेश स्थापना दिवशको अवसरमा प्रदेशका विभिन्न स्थानमा वातावरण संरक्षण मुलक कार्यक्रमको आयोजना सहित दिपावली गरिने भएको छ ।बैठकमा ३ दिनको कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न जिम्मेवारी समेत बाडफाड गरिएको छ । प्रदेशका मन्त्रालय, १२ ओटै जिल्लाका पालिका, संघ संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्य कर्मि मार्फत कार्यक्रम ब्यवस्थीत गर्न आब्हान गरिएको छ । कार्यक्रममा प्रदेशको कला, संस्कृति र भेषभुषा झल्कने झाँकी समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।

थप समाचार