फोनमा वोल्दा हेलो भन्नुको कारण यस्तो रहेछ

प्रकाशित मिति:

काठमाडौं । तपाइँले कहिल्यै सोच्नुभएको छ, मानिसहरुले फोन उठाउँदा किन हेलो भनेर कुरा सुरु गर्छन् रु कहाँबाट सुरु भयो हेलो भन्ने प्रचलन र कहाँबाट आयो त हेलो भनेर फोन उठाउने प्रचलन  यो शब्द फोन निर्माता ग्राहम बेलकी प्रेमिकाको नामबाट आएको शब्द हो । २१ नोभेम्बर १९७३ देखि विश्वभर विश्व हेलो दिवस मनाइँदै आएको छ । ग्राहम बेलकी प्रेमिकाको नाम मारग्रेट हेलो थियो । उनले आफ्नी प्रेमिकासँग कुरा गर्नको लागि फोन बनाएका थिए । सन् १९९२ मा सार्वजनिक भएको एक विवरणमा फोन उठाउन प्रयोग हुने हेलो शब्द महान वैज्ञानिक थोमस अल्वा एडिसनको उपज रहेको बताइएको छ ।

ग्राहम बेलको पहिलो रोजाइको शब्द भने आहोए थियो । यो शब्द त्यतिबेला कसैलाई बेलाउन प्रयोग गरिन्थ्यो । त्यसपछि मानिसहरुलाई के तापाइँ हुनुहुन्छ रु भनेर प्रश्न गर्न सुरु गरिएको थियो । सन् १८७७ मा थोमस अल्वा एडिसनले हेलो शब्दको प्रयोग गर्न सुझाएका थिए । त्यतिबेला टेलिफोन एक्सचेन्जमा काम गर्ने महिलालाई हेलले गल्र्स भनिने गरिएको थियो ।

आहोए नेदरल्याण्डको भाषाबाट आएको शब्द हो । यसको अर्थ कुनै अभिवादन भन्ने हुन्छ । यद्यपि मानिसहरुलाई भने हेलो नै प्रिय लाग्यो । यो शब्द छोटो र बोल्न सजिलो हुने भएकोले धेरैले यसलाई प्रयोग गर्न थालेका हुन् । तर इतिहास हेर्ने हो भने प्रेमिकाको विषयमा कुनै उल्लेख गरिएको छैन । उनकी पत्नीको नाम गर्डनियर हबर्ट थियो । अक्सफोर्ड डिक्सनेरीका अनुसार हेलोको पहिलो प्रयोग सन् १८२७ मा गरिएको थियो । त्यतिबेला हेलोको प्रयोग मानिसहरुलाई ध्यान आकर्षणका लागि मात्र प्रयोग गरिने गरिएको थियो ।