सरोज युग ; जसले नेपाली स्नुकरलाइ सही बाटो देखाए

प्रकाशित मिति:

दिपक न्यौपाने , बुटवल । काठमाण्डौ भोटबहालका सरोज कुमार मुल्मि उमेरले ५ दशक पुग्न अब केहि महिनामात्र बाकी छ । तर जिबनको ३२, ३३ बर्ष देखी नेपालको स्नुकर खेलको बिकासका लागी योगदान दिइरहेका उनी आफैमा चर्चित खेलाडीहुदै सघंको नेतृत्वसम्म पुगेका छन । हाल नेपाल विलियर्ड स्नुकर तथा पुल सघंका केन्द्रिय अध्यक्ष रहेका सरोजकुमार मुल्लि आफैमा एक चर्चित खेलाडीमात्र भएनन उनको नेतृत्वले नेपालको स्नुकर खेलको बिकासले सहि बाटो लिएको छ । कुनै बेला एउटा सामान्य कोठामा मात्रै सिमित नेपालको स्नुकर खेललाइ अन्र्तराष्ट्रिय क्षेत्रमा फैलाउन पछिल्लो समय उनले गरेको मेहेनतले प्रस्ट हुन्छ कि आगामी दिनमा यो खेलले आफ्नो उचाइ अझ बढाउने छ ।

हाल नेपालका ७७ जिल्लामै खेलीने यस खेलको बिकासका लागी उनी र उनको टिमले योजनाबद्ध ढगले काम अगाडी बढाएको छ ।
हामी प्रतीयोगीताहरुलाइ निरन्तर दिने प्रयासमै छौ, सघंका अध्यक्ष मुल्मि भन्छन – जबसम्म खेलाडीहरुले आन्तरीक प्रतीस्पर्धामा आफ्नो प्रतीभा प्रस्फुटन गर्दैनन तबसम्म स्नुकर खेलको बिकास हुन सक्दैन । त्यसले बार्षीक रुपमा जिल्लादेखी केन्द्रसम्म दर्जनौ प्रतीयोगीताहरु आयोजना गरिरहेका हुन्छौ । साकुरा नेपाल ओपन च्याम्पियनसिप, एन।जी जुनियर ओपन टुर्नामेन्ट, चामुन्डा अल नेपाल स्नुकर प्रतीयोगीतालाइ निरन्तरता दिएको सघंले माघमै चक्र लामा किसन लामा मेमोरियल अल नेपाल स्नुकर च्याम्पियनसिप प्रतीयोगीता आयोजना गर्दै छ । उपत्यका बाहिरका जिल्लाबाट खेलाडी छनौट भइसकेको अध्यक्ष मुल्मिले जानकारी दिए ।नेपालमा अन्र्तराष्ट्रिय स्तरको प्रतीयोगीता आयोजना गर्ने लक्ष्य राखेका उनकै कार्यकालमा नेपाली खेलाडीहरुले बाहिर देशमा पनी प्रतीस्पर्धा गर्ने अबसर पाएका छन । चन्डिगढमा अन्डर २१ एसियन च्याम्पियनसिप , सेल्फ ओपन च्याम्पियनसिप बगलादेशमा खेलाडीहरुले राम्रो प्रर्दशन गरेका थिए । सघंमा २ बर्ष बिताइसकेका उनले आगामी दिनमा अन्य देशमा पनी नेपाली खेलाडीहरुले प्रतीस्पर्धा गरेर अनुभब बटुल्ने बताए । काठमाण्डौ भोटेबहाल वडा नम्बर ११ का वडासदस्य समेत रहेका उनी नेपाल खेलाडी तथा प्रशिक्षक सघंको सचिब पनी हुन ।

“मोफसललाइ प्राथमिकता ” उनको पहिलो प्राथमिकता भनेकै केन्द्रमा निरन्तर प्रतीयोगीता आयोजना गर्नु र मोफसलका खेलाडीहरुलाइ प्रोत्साहन गर्नु हो । स्नुकरलाइ राम्रो नजरले हेर्ने चलन थिएन अब यो पुर्णत ब्यबसायीक खेल हुदै छ , बिगत सम्झदै सरोजकुमारले भने – यो खेलको बिकासका लागी सम्बन्धित खेलकुद संस्थाहरुले पनी नजर लगाएनन । बिस्तारै लय समातेको नेपालको स्नुकर अन्र्तराष्ट्रिय क्षेत्रको तुलनामा धेरै कम भएपनी आउदो दिनमा यसले फड्को मार्ने बिश्वास लिएको छु । राजु लामा, रेगन श्रेष्ठ, दिपक बोहोरा लगायत धेरै खेलाडीहरुले राम्रो प्रर्दशन गरिरहनुभएको छ र नया युवाभाइहरु पनी उत्तिकै प्रतीभावान हुनुहुन्छ । ” उनकै पहलमा नवौ राष्ट्रिय खेलकुदमा पनी स्नुकरलाइ समाबेश गर्ने सम्भाबना बढेको छ भने स्नुकरमा महिला खेलाडीहरुको आर्कषण बढाउन पनी बिभिन्न प्रशिक्षणहरु सन्चालन गर्ने योजना रहेको छ ।