कञ्चनमा साईकल दुर्घटनामा परी एकजनाको मृत्यु

प्रकाशित मिति:

२४ माघ,कञ्चन-कञ्चनमा साईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। सैनामैना ८ रामापुरको रामापुर राईस मिलमा ज्यालादारी काम गर्ने ४२ बर्षिय बुद्धिराम थारुको रामनगर स्थित कल्भर्टमा दुर्घटनामा परी गत शुक्रबार मृत्यु भएको हो।

प्रहरी चौकी,गजेडीका अनुसार मृतक थारु राईस मिलबाट काम गरेर घर फर्किने क्रममा करिब राती ८:३० बजेको समयमा कञ्चन(१,रामनगर स्थित रहेको कल्भर्टमा साईकलबाट लडेर घाईते भई उपचारको लागि लुम्बिनी प्रदेशिक अस्पताल,बुटवलमा लैजादै गर्दा निजको मृत्यु भएको प्रहरी सहायक निरिक्षक बेगम बहादुर खडकाले जानकारी दिएका हुन।