सामुदायिक रेडियो दाउन्ने बर्दघाटले नया नेतृत्व चयन गर्यो, अध्यक्षमा यम बहादुर थापा,
दाउन्ने सचना तथा सहकारी सस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो दाउन्ने १०३.४ मेगाहर्ज बर्दघाटको गत पौष २८ गते सम्पन्न भएको १० औँ बार्षिक साधारण सभा पश्चात पाचौँ अधिबेशन अन्र्तगत शनिबार अधिबेशनले यम बहादुर थापाको अध्यक्षतामा ११ सदस्यिय नया नेतृत्व सर्व सम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा ईन्द्र बहादुर गुरुंग, सचिव हरि प्रसाद शर्मा ढकाल, सह सचिवमा विनिराम भुषाल, कोषाध्यक्षमा हरिजंग रायमाझि रहनुभएको छ भने सदस्यहरुमा कृष्ण प्रसाद भुषाल, कमल गैरे, रामजी लौडारी, ध्रुब नारायण बानिया, दामोदर न्यौपाने, रने सार्की सर्व सम्मत चयन हुनुभएको छ । त्यस्तै भगवन्त प्रसाद धवलको समयोजकत्वमा ३ सदस्यिय लेखा समिति गठन गरिएको छ । जसको सदस्यहरुमा विष्नु पन्त, अशोक कुमार पाण्डे रहनुभएको निर्वाचन मण्डलका समयोजक आनन्द प्रसाद भुषालले जानकारी दिनुभएको छ ।