निफ्राको आइपिओ सेयरधनीको डिम्याट खातामा

प्रकाशित मिति:

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण शेयर आइपिओ सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ । हाल कम्पनीको उक्त आइपिओ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन् ।

कम्पनीको आइपिओलाई सेयर कारोबार गर्नकाNIFRAसिम्बोल प्रदान गरिएको छ । नेप्सेले बैंकको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आर्थिक वर्ष २०७६र७७ को प्रतिसेयर नेटवर्थ ११३ रूपैयाँ ६२ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३४० रुपैयाँ ८६ पैसा हुन्छ ।

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएको थियो ।