भागरथीको हत्यारा पत्ता लगाउन सरकारको ध्यान जान नसकेकोमा नेविसंघका महामन्त्री दीपक भट्टराईको धन्याकर्षण

प्रकाशित मिति:

काठमाडौं । बैतडीमा बिहीबार हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव फेला पर्यो । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको हो । भागरथी बुधबार घरबाट विद्यालय गएकी थिइन् । तर, साँझसम्म पनि घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर उनको शव हत्या गरि फालिएको अवस्थामा लवलेक जंगलमा फेला परेको बैतडी प्रहरीले जनाएको छ ।

भागरथीको बलात्कारपछि हत्या गरिएको मृतकका आफन्तले आशंका गरेका छन्। भट्टको शव विभत्स अवस्थामा फेला परेकाले बलात्कार गरी हत्या गरेको हुन सक्ने मृतकका आफन्तहरुको दाबी छ ।

तर, प्रहरीले भने हालसम्म अपराधी पत्ता लगाउन सकेको छैन ।यता, भागरथीको बलात्कार र हत्या प्रकरण पनि निर्मला पन्तकै जस्तो हुने हो कि भनेर विभिन्न आशंका हुन थालेका छन् । नेपाल विद्यार्थी संघ नेविसंघका महामन्त्री दीपक भट्टराईले भागरथीको पनि निर्मलाको जस्तै बलात्कारपछि हत्या भएको दाबी गर्दै यसप्रति सरकारको ध्यान जान नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । विद्यालय गएकी बैतडीकी १७ बर्षिया भागरथी भट्ट घर फर्किनन् । उनको निर्मलाको जस्तै बलात्कारपछि हत्या भयो’, घटनाप्रति ध्यानाकर्षण गराउँदै उनले फेसबुकमा लेखेका छन्,‘हिजो दरबारमार्गमा सरकारको शक्ति देखायो। सरकार  काठमाडौंमा ठाउँ सानो भए कृपया बैतडी जाऊँ ।