पार्टी स्थापना दिवसको अवसरमा बुटवलमा पुस्तक प्रदर्शनी,हजुर बुवाको चिठी पाठकको नजरमा

प्रकाशित मिति:

२४ माघ,बुटवल- नेपाल मजदुर किसान पार्टी,रुपन्देहीले आफ्नो पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवल राजमार्ग चोकमा पुस्तक प्रदर्शनी सम्पन्न गरेको छ ।

नेपाल मजदुर किसान पार्टीका बिभिन्न प्रकाशनहरू बिक्री तथा अध्ययनका लागि राखिएको उक्त प्रदर्शनीमा बिभिन्न क्षेत्रका बुद्धिजीवी तथा अध्येयताहरूको उपस्थिती रहेको नेपाल मजदुर किसान पार्टी,रुपन्देहीका रामेश्वर बयरले जानकारी दिएका छन। पुस्तक प्रदर्शनीमा अवलोकनकर्ताहरुले पार्टीको बिभिन्न प्रकाशनहरुको अभिरूचीपूर्वक अवलोकन तथा अध्ययन गर्नुको साथै उत्साहका सा बिक्री भएको बयरले बताए ।

बिशेषगरी बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी नेकपा नेताहरु आपसमा आ आफ्नो शक्ती पर्दशन गरेर राज्यको श्रोत साधनको दुरुपयोग गरि एकले अर्कालाई दोषारोपण गरिरहेको बेला जनताको प्रजातन्त्र हुंदै समाजवाद र साम्यवादको लागि कामदार जनतालाई संगठित बनाउन र जनताको चेतनास्तर बृद्धि गर्न नेपाल मजदुर किसान पार्टीले बिभिन्न जिल्लामा पुस्तक प्रदर्शनी गर्दै आएको हो । बुटवलको प्रदर्शनीमा चिल्लीमा फासीवादको प्रतिरोध, जनताको प्रजातन्त्र र चिनिया सपना,हजुर बुवाको चिठी,भाइबहिनीहरुलाई चिठी,क्रिस हानी लगायतका पुस्तकहरू बढी बिक्री भएको प्रल्हाद अधिकारीले जनाइएका छन। ।