गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल छनोट प्रतियोगिता सम्पन्न 

प्रकाशित मिति:

कौरव खत्री,बागलुङ २४ माघ- गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल छनोट प्रतियोगिता गलकोटमा सम्पन्न भएको छ । कार्यक्रमको समापनको अवसरमा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरतशर्मा गैरेले भलिबल खेललाई सस्थागत रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रका लागी खेलकुद, स्वास्थ्यकालागी खेलकुद भन्ने उद्घोषका संचलन हुने खेलकुदमा खेलाडिहरुले अनुशासित रुपमा आफ्नो क्षमता प्रतुत गर्नुपर्ने बताउनुभयो

उहाँले सरकारले राष्ट्र चिनाउने माध्ययमको रुपमा खेलकुदलाई आत्मसाथ गरेकोले खेलाडिहरुले उकृष्ट प्रदर्शन गर्नुपर्ने बताउनुभयो । खेलाडि राष्ट्रका गहना हुन, नगरप्रमुख गैरेले भन्नुभयो , खेलमा अनुशासन देखाउनु खेलाडिको जिम्मेवारी र कर्तब्य हो । उहाँले जिल्लाका बिभिन्न पालिकाबाट सहभागी भई आफ्नो कला तथा क्षमता प्रस्तुत गरि छनोटमा पर्ने खेलाडिलाई अग्रीम शुभकामना समेत ब्यक्त गर्नुभयो । छनोट प्रतियोगितामा बागलुङ नगरपालिका बाहेक अन्य ९ ओटा स्थानीय पालिकाको तर्फबाट सहभागिता जनाएको पुरुष भलिबल तर्फ गलकोट नगरपालिका प्रथम, ताराखोला गाँउपालिका दित्तिय भएको जिल्ला भलिबल संघले जनाएको छ । त्यस्तै महिला भलिबल तर्फ ताराखोला गाँउपालिका प्रथम, ढोरपाटन नगरपालिका दित्तिय भएको राष्ट्रिय रेफ्रि राजन कार्कीले जानकारी दिनुभयो ।

छनोट प्रतियोगिता सम्पन्न भएसंगै उत्कृष्ट खेलाडिको छनोट भएकोले केही दिनमै उत्त छनोटमा पर्ने खेलाडिहरुको सार्वजनिक गरि आगामी फागुन ४ देखी ुहने प्रथम मुख्यमन्त्री कप भलिबल प्रतियोगिताकोलागी अभ्यास खेलहरु संचालन गर्ने जिल्ला भलिबल संघका अध्यक्ष याम श्रीसले जानकारी दिनुभयो ।  कार्यक्रम जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष याम श्रीसको अध्यक्षता, उपाध्यक्ष यामु पैवीको स्वागत तथा सह–कोषाध्यक्ष किशोर थापाको संचालनमा सम्पन्न भएको थियो ।