दक्षिण कोरियामा पहिलोपटक नेपाली पुस्तकालय खोलिँदै

प्रकाशित मिति:

सिओल— दक्षिण कोरियामा रहेका नेपालीहरुको सक्रियतामा कोरियामै पहिलो पटक नेपाली पुस्तकालयको स्थापना गरिने भएको छ । कोरियामा क्रियाशिल नेपालीहरुको संस्था सनातन, साहित्य, संगित, साधना ‘‘पाँच स’’को सहकार्यमा आगामी कोरियन पर्व सलनालको अवसरमा फेव्रवरी १३ मा आनसानमा पुस्तकालय सञ्चालनमा ल्याईने अभियान्ता स्याम खड्काले जानकारी दिए ।

खड्काले सन २०१८ मै कोरियामा नेपाली पुस्तकालयको स्थापना गर्ने योजना बनाएको भएपनि एक्लै त्यो सम्भव नभएको र हाल पाँच स नामक संस्थाले चाँसो देखाएपछि उक्त योजनाले मूर्त रुप पाउन लागेको जानकारी दिए पुस्तकालयकालागि आनसानमा आवस्यक कोठा भाडामा लिईसकिएको उनले बताए । पुस्तकालयमा राखिने पुस्तकहरु तत्काल नेपालबाट ल्याउन कोरोनाका कारण असजिलो भएकाले कोरियामै रहेका नेपालीहरुसँग सौजन्य स्वरुप संकलन गरिएको पाँच सका कोषाध्यक्ष नरेश मेहताले जानकारी दिए ।

हाल सम्म करीब ७ सय पुस्तकहरु संकलन भईसकेको र पुस्तकालयलाई सौजन्य गर्न चाहनेले सम्पर्क गरी सौजन्य गर्न सक्ने उनले बताए । पुस्तकालयमा तत्कालकालागि निशुल्क रुपमा अध्ययन गर्ने व्यवस्था मिलाईएको र यसको निरन्तरताकालागि आगामी दिनमा शसुल्क वा अन्य कुनै व्यवस्था गरिने बताईएको छ ।