कालिज फार्ममा चितुवा पसेपछि सय भन्दा बढी कालिज मरे

प्रकाशित मिति:

पाल्पा–पाल्पामा एक कालिज फर्ममा चितुवा पसेर सय भन्दा बढी कालिजलाई मारेको छ । तानसेन नगारपालिका वडा नं ५ को ढुंगाखानी नजिकैको कालिज फर्ममा पसेको चितुवाले सयबढी कालिज मारेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए ।

रातीको समयमा अन्जानमा फसेको चितुवालाई नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा फर्मबाट बाहिर निकालिएको रेन्जर पोखरेलले बताए । जिल्लामा चितुवालाई नियन्त्रण लिने साधन र दक्ष जनशक्ती नभएको हुँदा झन्डै ५ घण्टाको प्रयासपछि चितुवालाई जंगलमै छाडिएको छ । बिहान कालिजलाई दाना दिने क्रममा चितुवा देखेपछि स्थानयिले वन कार्यालयमा सम्पर्क गरेको थिए । पाल्पा यसअघि पनि दुम्सीलाई पारेको पासोमा अल्झिएको चितुवालाई नियन्त्रण् गर्ने साधन नहुँदा पासोसँगै चितवन राष्टिय निकुञ्जमा छाडिएको थियो ।