चन्द्रागिरी हिल्सको पहिलो कारोबार १६१ रुपैयाँमा खुल्यो

प्रकाशित मिति:

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार आइतबारबाट खुला भएको छ । चन्द्रागिरीको पहिलो कारोबार प्रतिकित्ता १६१ रुपैयाँमा भएको छ ।

चन्द्रागिरीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसासम्म रेन्ज तोकेको थियो । सोही रेन्जभित्र रहेर चन्द्रागिरीको पहिलो कारोबार भएको हो । ‘सीजीएच’ संकेतमा यसको कारोबार भएको छ । शुक्रबार चन्द्रागिरीको चुक्ता पुँजीका आधारमा कायम १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर नेप्सेमा सूचीकरण भएको थियो ।