आज मंसिर संक्रान्ति, कुष्माण्डनवमी महिमा आजको दिन कस्तो छ हेर्नुहोस्

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको १ गते शनिबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक शुक्ल पक्षको नवमी तिथि विहान ९।११ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । शतभिषा नक्षत्र दिवा १२।५३ बजेसम्म रहनेछ । आज व्याघात योग तैतिल करण रहेको छ । आज सूर्योदय ६।२७ मा छ भने सूर्यास्त बेलुका ५।९ बजे हुनेछ ।

आज चन्द्रमा कुम्भ राशिमा छन् । आज मंसिर संक्रान्ति हो । आजबाट सूर्य वृश्चिक राशिमा प्रवेश गरेका छन् । यसैगरी आज कुष्माण्डा नवमी पर्व पनि परेको छ । आजका दिन कुभिण्डो सहित सुन दान गर्नाले अक्षय पूण्य प्राप्त हुने फल बताइएको छ । यसैगरी आज सत्ययुग आरम्भ भएको दिन पनि हो ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

harekpal bata sabhar