रुपन्देही उद्योग संघ र सियारी गाउँपालिकाबीच औद्योगिक विकास लागि अन्तरक्रिया

प्रकाशित मिति:

बुटवल, २५ माघ- रुपन्देही उ्रद्योग संघले औद्योगिक विकास सम्बन्धमा सियारी गाउँपालिकासँग अन्तरक्रिया सम्पन्न गरेको छ । संघको आयोजनामा “औद्योगिक विकासमा स्थानीय सरकारको भूमिका” विषयक अन्तरक्रिया सियारी गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ । संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षता एवं सियारी गाउँपालिकाका प्रमुख अयोथ्या थारुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष बोहोराले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । वहाँले स्थानीय श्रोत र साधनको परिचालन गरी उद्यमशिलता विकास, रोजगारी अभिबृद्धि र व्यवसायिक विकासलाई तिव्रता दिने उद्देश्यका साथ संघले जिल्लाका १६ वटै स्थानीय तहसँग छलफल अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको बताउनु भएको थियो ।

अध्यक्ष बोहोराले कृषिको व्यवसायिकरण पर्यटन प्रवद्र्धन र उ्रत्पादनशिल बृद्धिका लागि स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने बताउनु भएको थियो र त्यसका लागि रुपन्देही उद्योग संघ सदैव तत्पर रहेको प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं सियारी गाउँपालिकाका प्रमुख अयोध्या थारुले सियारी गाउँपालिकाको कृषि, पर्यटन र उत्पादनसँगै रोजगारी अभिबृद्धिका लागि गरिरहेको गतिविधिबारे जानकारी गराउँदै उद्यमीहरुलाई सियारी गाउँपालिकाले गर्नुपर्ने सहजीकरण गर्न सधै तयार रहेको बताउनु भएको थियो । वहाँले सियारी गाउँपालिकामा कृषि, पर्यटन र दुधजन्य पदार्थको उल्लेख्य सम्भावना रहेको समेत बताउनु भएको थियो ।  कार्य क्रमा संघका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले संघले थालनी गरेको अभियानले उद्यमशिलता विकासमा टेवा पुग्ने बताउँदै नु भएको थियो ।

कार्य क्रममा बोल्नुहुँदै सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईले गाउँपालिकाले औद्योगिक विकासका सन्दर्भमा तयार गरेका नीतिगत व्यवस्थाहरुबारे जानकारी गराउनुहुँदै सहज र सरल रुपमा उद्योग संचालनको वातावरण तयार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । कार्य क्रममा सियारी गाउँपालिकाका उप प्रमुख अमृत गुरुङ्ग, वडा नं. ६ का अध्यक्ष शेर बहादुर गुरुङ्ग लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।सोही अवसरमा सियारी गाउँपालिकामा उद्योग संचालन गर्नु भएका उद्योगीहरु झपेन्द्रराज अर्याल, पिताम्बर न्यौपाने,जोगराज अधिकारी लगायतले उद्योग संचालनका क्रममा भोग्नु परेका अप्ठयारा र समस्याहरुको बारेमा जिज्ञासा राख्नु भएको थियो । संघले जिल्लाका हरेक स्थानीय तहमा पुगेर त्यस क्षेत्रको सम्भावनाको खोजी गर्ने, कोषको व्यवसायीकरण र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, रोजगारी अभिवृद्धि गर्ने र समग्रमा औद्योगिक विकासका लागि छलफल र बहस जारी राख्ने बताएको छ । संघका महासचिव जिवकान्त काफ्लेको संचालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा संघका पदाधिकारी, गाउँपालिका अधिकृतहरु एवं स्थानीय उद्योगी व्यापारीको सहभागिता रहेको थियो ।