मंसीर महीनाको तपाईको राशीफल कस्तो छ हेनुहोस्

प्रकाशित मिति:

मेष राशिः मेष राशिका लागि मंसिर महिना मध्यम फलदायी रहनेछ । धातुजन्य वस्तु लाभदायी रहनेछन् । वाणिज्य क्षेत्र लाभदायी रहनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । व्यापार व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । नयाँ कार्यका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सबल र सुखद् रहनेछ । शत्रु पक्ष सबल रहनेछन् । स्वास्थ्यको क्षेत्र अस्थिर रहने देखिन्छ ।वृष राशिः वृष राशिका लागि यो महिना यात्रामयी रहनेछ । कर्मप्राप्तिको योग देखिन्छ । पदोन्नतिका अवसर पनि मिल्नेछन् । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । पराक्रम बढ्नुका साथै कीर्ति लाभका योग पनि देखिन्छन् । मित्रजनबाट साथ सहयोग मिल्नेछ । विद्या लाभदायी रहनेछ । पारिवारिक सुख मिल्नेछ । व्यापार बढ्नुका साथै नयाँ कार्य व्यवसायको थलनीका लागि पनि यो महिना उत्तम फलदायी रहने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि मंसिर महिना उन्नतिकारक रहनेछ । शत्रु नाश हुनेछन् । मनमा कार्य गर्ने उत्साह छाउनेछ । व्यापार व्यवसायबाट विशेष लाभ देखिन्छ । बौद्धिक उन्नयन हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै कला साहित्यबाट विशेष लाभ हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै धार्मिक यात्राका योग पनि देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम रहने देखिन्छ ।कर्कट राशिः कर्कट राशिका लागि यो महिना कर्मदायी रहनेछ । कार्य लाभका योग देखिन्छन् । व्यापारमा वृद्धि हुनेछ । पराक्रम बढ्नुका साथै आर्थिक कार्यमा उन्नति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । आफन्तजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । कर्यमा प्रगति हुनुका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । आर्थिक वृद्धिका परिसूचकहरू देखा पर्नेछन् । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुनेछन् । मित्र लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेम जीवन सुखद् रहनेछ ।स्वास्थ्यमा भने अस्थिरता रहनेछ । शत्रु पक्ष सबल रहनेछन् ।कन्या राशिः कन्या राशिका लागि यो महिना अर्थकरी रहनेछ । आमदानीका स्रोत बढ्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । आफन्तजनबाट साथ सहयोग मिल्नेछ । मित्र जनबाट भने सजग रहनु नै उपयुक्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहने देखिन्छ । विद्याबाट विशेष लाभ हुनेछ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । श्रीवृद्धिका योग देखिन्छन् । पारिवारिक साथ सहयोगले महिना उत्साहवर्धक रहनेछ ।

तुला राशिः तुला राशिका लागि यो महिना संघर्षमय रहनेछ । शत्रु पक्ष सबल रहने देखिन्छन् । खर्चमा वृद्धि हुने छ । सामाजिक कार्यम रुचि जाग्ने छ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने छ । प्रेम जीवन सुखद् रहनेछ । स्वास्थ्यको क्षेत्रमा सजग रहनु नै उत्तरम हुनेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । धार्मिक यात्राको योग पनि देखिन्छन् । व्यापार व्यवसाय उन्नत रहने देखिन्छ ।वृश्चिक राशिः वृश्चिक राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । कार्य प्राप्तिका योग देखिन्छन् । सोचेका काम बन्नेछन् । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । श्रीवृद्धि हुनुका साथै कार्य प्राप्तिको योग देखिन्छ । मित्रजनबाट सुख मिल्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुखकोे योग देखिन्छ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । शत्रु पराजित हुनेछन् । स्वास्थ्यको क्षेत्रमा सजग रहनु उपयुक्त हुनेछ ।

धनु राशिः धनु राशिका लागि मंसिर महिना फलदायी रहनेछ । कला साहित्यका क्षेत्रमा विशेष रुचि जाग्नेछ । यात्राका अवसरहरू पनि प्रशस्त देखिन्छन् । भू–धन लाभदायी रहनेछ । अध्ययन अध्यापको क्षेत्र मध्यम फलदायी रहने देखिन्छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । मित्र लाभका साथै नयाँ कार्यको थालनी हुने देखिन्छ । सामाजिक मान प्रतिष्ठा प्राप्त हुनेछ । शत्रु पक्ष सबल रहनेछन् । खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।मकर राशिः मकर राशिका लागि मंसिर महिना लाभदायी रहनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । सामाजिक कार्यमका विशेष रुचि जाग्नेछ । विद्या लाभदायी रहनेछ । धार्मिक यात्राका योग पनि देखिन्छन् ।

कुम्भ राशिः कुम्भ राशिका लागि मंसिर महिना उन्नतिकारक रहनेछ । यात्राका विशेष योग देखिन्छन् । बोलीको विशेष प्रभाव रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । कार्य लाभका योग देखिन्छन् । प्राज्ञिक कार्यमा उन्नति हुनेछ । मित्र जनबाट साथ सहयोग मिल्नेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनेछ । सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । जलीय पदार्थबाट विशेष लाभ रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । मीन राशिः मीन राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । पराक्रम बढ्नुका साथै कार्यमा उन्नति प्रगति हुने देखिन्छ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने छ । मित्र जनको साथ सहयोग मिल्नुका साथै पारिवारिक सुख रहनेछ । प्रेम जीवन सुखद् रहनेछ । अध्ययन अध्यापनको क्षेत्रबाट पनि लाभ हुने देखिन्छ । सन्तान सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । महिनाको उत्तराद्र्धमा खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

harekpal bata sabhar