न्यू लाईटद्वारा विद्यार्थीहरुलाई सम्मान

प्रकाशित मिति:

तिलोत्तमा, माघ २५ । रुपन्देहीको तिलोत्तमा–१ शंकरनगरमा रहेको न्यू लाईट कलेजले आइतबार कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथाशुभकामनाकार्यक्रम गरेको छ । कार्यक्रममा न्यू लाईट कलेजबाट कक्षा १२ उत्तीर्ण करीव २ सय जनाविद्यार्थीहरुलाई सम्मानगरिएको थियो ।

कलेजकाअतिरिक्त क्रियाकलापप्रमुख खेमराजखनालको अध्यक्षतामाभएको कार्यक्रममाबोल्दै कलेज व्यवस्थापन समितिकाअध्यक्ष ईश्वरचन्द्र पोखरेलले कलेजले विद्यार्थीहरुलाई अध्ययनको अवसरसँगै उद्यमशिलताको विकास गर्ने गरी कार्ययोजना अगाडी बढाएको बताउनुभयो ।कलेजकाप्रमुख रमेश ज्ञवालीले शिक्षा, संस्कार र सीपलाई सँगै जोडेर कलेजले आफ्नागतिविधिहरु सञ्चालनगरिरहेको बताउनुभयो ।

शिक्षकदिनेश खड्काको सञ्चालनमाभएको कार्यक्रममा सञ्चारकर्मी खेमराज रेग्मीले उच्चशिक्षा पढ्दा ध्यानदिनुपर्ने कुराहरु र सफलताकालागिअपनाउनु पर्ने तथ्यहरुका सम्बन्धमाअभिमुखिकरण गर्नुभएको थियो ।शंकरनगर स्थित दलान रिसोर्टमाभएको कार्यक्रममाशिक्षककाशीगौतम, विद्यार्थीहरु शुसिल सुवेदीर मिलनकुवँरले आफ्नो अनुभव सुनाउनुभएको थियो । यस्तैअँशुकुवँर र करिनाकोईरालाले नृत्य तथागोबिन्दचापागाई, असिमपोखरेल र दिपसन क्षेत्रीले सांगीतिक प्रस्तुती राख्नु भएको थियो