कपिलबस्तुको उदयपुर स्कुलमा माघ २७ गते माघी महोत्सव हुदै

प्रकाशित मिति:

 माघ २५ कपिलबस्तु । विगतका बर्षहरुमा झै यस बर्ष पनि कपिलबस्तुको उदयपुर स्कुलमा भव्य माघी महोत्सव माघ २७ गते हुँदैछ । आदिवासी जनजाति समुदायको भेषभुषा, भाषा, धर्म, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष भव्य रुपमा अन्य बर्षहरु भन्द पृथक तरिकाले कपिलबस्तुको श्री जनसेवा निमावि उदयपुरको प्रङ्गणमा चौथाें माघी महोत्सवको तयारी पुरा भएको थारु संस्कृति संक्षण तथा प्रवद्र्धन सभाका अध्यक्ष नाथुराम थारुले जानकारी दिनुभयो । अध्यक्ष चौधरीले सम्पूर्ण आदिवासी जनजाति समुदायहरुलाई एक जुट हुने उद्देश्यले ऐतिहसिक संस्कृतिक संरक्षण गर्ने हेतुले बृहत रुपमा थारु, मगर, गुरुङ्ग र राई लिम्बुहरु एउटै स्थानमा मिलेर माघी महोत्सव मनाउँन लागेको बताउँनुभयो । माघी महोत्सवलाई भव्य रुपमा सफल बनाउँनको लागि महोत्सव मूल आयोजक समिति समेत गठन गरिएको छ । जसको महोत्सव मूल आयोजक संयोजकमा नाथुराम थारु र सह–संयोजहरुमा कर्ण बहादुर लामा, विर बहादुर गुरुङ्ग, गणेश बहादुर राना र उर्मीला थारु रहनुभएको छ । त्यस्तै माघी महोत्सव सचिवलय व्यवस्थापन सदस्यहरु छनौट गरिएको छ । जसमा संक्रन्ती थारु, कृष्ण बहादुर थारु, सिमा थारु, भोजराज थारु,राम बहादुर थारु, पुष्पा राई, सत्यनारायण थारु लगायत रहनुभएको छ । भने माघी महोत्सवलाई भव्य रुपमा सफल बनाउँनको लागि विभिन्न उपसमिति गठन गरिएको छ ।

जसको आर्थिक व्यवस्थापन समितिको संयोजकमा सक्रान्ती थारु, मञ्च व्यवस्थापन समितिको संयोजकमा कृष्ण बहादुर थारु, अथिति व्यवस्थापन समितिको संयोजकमा कर्ण बहादुर लामा र संम्झु थारु, अतिथि सत्कार समितिको संयोजकमा सिमा थारु, प्रचार प्रसार समितिको संयोजकमा कमल चौधरी, छपाई व्यवस्थापन समितिको संयोजकमा भोजराज थारु, स्वयम सेवक उपसमिति संयोजकमा नाथुराम थारु र पुस्पा राई रहनुभएको थारु संस्कृति संरक्षण तथा संवद्र्धन सभाका सचिव राम बहादुर थारुले जानकारी दिनुभयो । थारु कल्यणकारिणीका पूर्व केन्द्रीय सदस्य भोजराज थारुले यस बर्ष माघी महोत्सवलाई भव्य र एक दिन मात्रा मनाउँने बताउँनुभयो । उहाँले आफूहरुले बाणगंगा–८ वडा कार्यलको सहयोग र समन्वयमा विगत ४ बर्ष देखि निरन्तर माघी महोत्सव मनाउँदै आएको बताउँनुभयो । उहाँले कोरोनाको कारण यस बर्ष आफूहरुले माघीलाई पछि मनाउँन लागेको भन्दै माघी आदिवासी जनजाति समुदायको विभिन्न अयम संग जोडिएको हुँदा यसलाई निरन्तरता दिनको लागि माघी महोत्सव आयोजना गरेको बताउँनुभयो । यस बर्ष महोत्सवमा आदिवासी जनजाति समुदायकोे भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु, मगर, गुरुङ्ग समुदायका परम्परागत खानाका परिकारको व्यवस्था समेत गरिनेछ । महोत्सवमा थारु, मगर, गुरुङ्ग लगायतका विभिन्न समुदायका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ । विशेषगरी महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स हुने छन्, त्यस्तै मगर, गुरुङ्ग लगायत अदिवासी जनजाति समुदायको विविध संस्कृतिक कार्यक्रम हुने अयोजकले जनाएको छ ।