निर्मला आचार्यको अध्यक्षतामा डब्लुडब्लुजेको नयाँकार्यसमिति गठन

प्रकाशित मिति:

काठमाडौं, २५ माघ : क्रियाशीलपत्रकार महिला (डब्लुडब्लुजे)को छैठौं अधिवेशनतथा११ औं वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्नभएको छ । कार्यक्रममाजिल्लाका सहभागीहरू भर्चुअलमाध्यममा जोडिएका थिए । कार्यक्रमको उद्घाटन सत्रमाबोल्दै प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेले युट्युब र सोसल मिडियोले छापा पत्रकारितामाथपचुनौति र जोखिम बढाएको बताए । समाचार लेख्ने पत्रकारले आफूलाई फरक पहिचान कसरी दिने भन्नेमा अब सोच्ने समय भएको छ, उनले भने

आम संचार माध्यमकाबिषय बस्तुले जन चासोका बिषयमा समाचार बनाउनु भन्दापनिचरित्र हत्या गर्ने किसीमका सामग्री बढेकाले काउन्सिलले यस तर्फ ध्यानदिएको पाण्डेले बताए । उद्घाटन कार्यक्रममा नेपालपत्रकार महासंघका महासचिव रमेश बिष्टले कोरोना कहरपछि संचार माध्यमथप जोखिममाधकेलिएकाले संयमताअपनाउनु पर्नेमा जोड दिएका छन् ।
त्यस्तै कार्यक्रममा सस्थापकअध्यक्ष संगीतालामाले अनलाईन मिडियाहरुले महिलाहरुको बिषयलाईगलतकिसीमले उठाउदाँ समाजमात्यसको नराम्रो असर पर्ने बताउँदै पत्रकार आचारसंहिताको पालना गर्ने काममासंचार माध्यमले विषेशध्यानदिनुपर्ने सुझावदिएकी छन् ।
कार्यक्रममानिर्बतमानअध्यक्षअमिका राजथलाले नबनिर्वाचितकार्यसमितीलाई सफलकार्यकालको शुभकामनादिएकी छन् ।

छंैठो अधिवेशनले आजै निर्मलाआचार्यको अध्यक्षतामा १३ सदस्यीयनयाँकार्यसमितिपनिसर्वसम्मत रूपमाचयन गरेको छ। नवनिर्वाचितकार्यसमितिको उपाध्यक्षमा रामकला खडका,महासचिवमाचन्दा बिष्ट, सचिवमा रमीतालामार कोषाध्यक्षमा रुक्मिणीपोखरेल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा संगीतालामा,अमिका राजथला, सोनीशर्मा,दीपाआले,शोभामानन्धर,दुर्गा अधिकारी,सीता बिके र देवी सापकोटा चयन भएका छन्।
त्यसैगरी, अधिबेशन अगाडिको सत्रमा प्रेस काउन्सील नेपालका रामशरण बोहोराले पत्रकार आचारसंहिता र कार्यान्वयनको अवस्थाविषयकअभिमुखिकरण कार्यक्रम संचालन गरे । डब्लुडब्लुजेको आयोजनाएवं प्रेस काउन्सीलको सहकार्यमा भएको उक्तकार्यक्रममाजुम सहयोग विमेन इमपावरमेन्ट नेपाल (विन)ले गरेको थियो ।