सृष्टि सामुदायिक वन उपभोक्ता समुह सरावल–१, सालबास भगडा को चौथौँैँ बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

रामु भुसाल, पश्चिम नवलपरासीको सृष्टि सामुदायिक वन उपभोक्ता समुह सरावल १ सालबास भगडा को चौथौँैँ बार्षिक साधारण सभा सोमबार समुहको प्राङगणमा सम्पन्न भएको छ । समुहका अध्यक्ष सिरिबहादुर शाहीको अध्यक्षता तथा सव डिभिजन वन कार्यालय बर्दघाट सरावलका प्रमुख गिरिराज पन्थको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थले बैज्ञानिक वन ब्यवस्थापनका निहुमा हजारौँ सालका काठहरु निकासी भएको हुदा राज्यले सो कार्य रोकेको बताउदै अबका दिनमा सामुदायिक वनहरुले गर्दै आएको बैज्ञानिक वन ब्यवस्थापनको कार्यलाई परिमार्जित गर्दै दिगो वन व्यवस्थापनको कार्यनिति लिएको बताउदै केही सामुदायिक वनहरुका लापरवाहीका कारणले नेपालका सम्पुर्ण सामुदायिक वनहरुमा अंकुश लगाउन नहुने बताउनु भयो ।

सोही कार्यक्रममा बिशिष्ठ अतिथि समेत रहनु भएका सरावल वार्ड नं। १ का वार्ड अध्यक्ष भेषनारायण चौधरीले स्थानिय सरकार गठन भईसके पछि विकासका लहर हरु गाउ गाउमा पुगेको र त्यसका लागी सामुदायिक वनहरुको पनि भुमिका रहेको बताउदै स्थानिय सरकार सामुदायिक वन संग सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो । सो अवसरमा हरियाली जनकल्याण स।स्थान का अध्यक्ष अनिल कुमार चौधरी संसार कोट सामुदायिक वन उपभोक्ताा समुहका अध्यक्ष कमल पराजुली , चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होमबहादुर गूरुङ , स्थानिय सामुदायिक वन उपभोक्ता महासंघ सरावल की अध्यक्ष धनिसरा भुषाल , लगायतले मनतव्य राख्नु भएको थियो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन अध्यक्ष सिरिबहादुर साहीले प्रस्तुत गर्नु भएको थियो भने समुहको निति कार्यक्रम तथा आय व्यय बिबरण समुहका सह सचिव फडेन्द्र चौधरीले प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा संयोजक भोलानाथ चौधरीले प्रस्तुत गर्नु भएको थियो । सोही अवसरमा आफ्ना उपभोक्ताा मध्ये २ जना ज्ेष्ठ नागरिक २ जना एकल महिला र २ जना एस।ई।इ मा उत्कृष्ण हुनेहरुलाई सम्मान समेत गरिएको थियो । समुहका उपभोक्ता हरि प्रसाद बस्यालको स्वागत मनतव्य रहेको कार्यक्रमको संचालन समुहका अनुगमन समिति संयोजक चेतनारायण चौध्रीले गर्नु भएको थियो । सरावल १ सालबास भगडा, बर्दघाट–९ र रामग्राम–१७ को महुवारी, पिपरहियाका ५३० घरधुरी उपभोक्ता रहेको वनको कुल क्षेत्रफल १९७ हेक्टर रहेको छ ।