शान्ति नमुनामा रचनात्मक कार्यक्रम

प्रकाशित मिति:

तिलोत्तमा, माघ २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा सोमबार विभिन्न रचनात्मक कार्यक्रमहरु भएका छन् ।
अङ्जेजी माध्यममा भएको वक्तृत्वकला प्रतियोगितामा सिनियरतर्फ पूर्णिमा ज्ञवाली प्रथम , कोमल प्रसाद पाण्डे द्वितीय र प्रवेश पाण्डे तृतीय भएका छन् । त्यस्तै जुनियरतर्फ सर्जक खनाल प्रथम, निशान्त पाण्ड द्वितीय र बिनिता ज्ञवाली तथा रोजिना डुम्रे तृतीय भएको प्रतियोगिता संयोजक जमुना रिजालले जानकारी दिनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षता तथा शिक्षक दिनेश खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।त्यस्तै सिनियर तहमा भएको ब्याडमिन्टन डबल खेलमा छात्रतर्फ बिपुल पोखरेल र अनुज भट्टराईको जोडी प्रथम, बिकाश आचार्य र बिनोद खड्काको जोडी द्वितीय तथा सौरभ बस्याल र शिवम अधिकारीको जोडी तृतीय भएका छन् । यस्तै छात्रातर्फ पुष्पा ज्ञवाली र सुजाता बस्यालको जोडी प्रथम, प्राप्ती पाण्डे र प्रेरणा पाठकको जोडी द्वितीय तथा समिता नेपाल र पुष्पा भट्टराईको जोडी तृतीय भएका छन् ।

यसैगरी जुनियर तहमा भएको एकल ब्याडमिन्टनमा छात्रतर्फ रबि बस्नेत प्रथम, रोसन अर्याल द्वितीय र समिर खत्री तृतीय भएका छन् भने छात्रातर्फ नेहा भट्टराई प्रथम, स्वस्तिका न्यौपाने द्वितीय र समिक्षा तृतीय भएको प्रतियोगिताका संयोजक नारायण भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै छात्रातर्फको टेवल टेनिश खेलमा कृति पाण्डे र समिक्षा ज्ञवालीको जोडी प्रथम, नेहा भट्टराई र बन्दना खड्काको जोडी द्वितीय र प्रभा पोखरेल र रोजिना शर्माको जोडी तृतीय भएको प्रतियोगिता संयोजक युवराज भट्टराईले बताउनुभयो ।

त्यस्तै सिनियर तहमा भएको अन्तरसदनात्मक फुटवल खेलमा मकालु सदन प्रथम र सगरमाथा सदन द्वितीय भएको प्रतियोगिता संयोजक आकाश डुम्रेले जानकारी दिनुभयो ।यस्तै कक्षा ११ र १२ तर्फ भलिबल तथा क्रिकेट र जुनियर तहमा कक्षागत रुपमा २ सय र ४ सय मिटर दौड, कुसी दौड, छेलो फाल्ने लगायतका खेलहरु सम्पन्न भएको अतिरिक्त क्रियाकलाप प्रमुख शुसिल पाण्डेले जानकारी दिनुभयो ।आईतबार र सोमबार सम्पन्न प्रतियोगिताका विजेताहरुलाई पूर्व जिल्ला शिक्षा अधिकारी तथा विद्यालयका सल्लाहकार टेक बहादुर थापा, प्रधानाध्यापक कुल प्रसाद लामिछाने, सहायक प्रधानाध्यापक स्थानेश्वर बस्याल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।