२-१ गोल अन्तरले भैरव एफसी विजयी,जय गुरुंग म्यान अफ दि म्याच

प्रकाशित मिति:

२६ माघ,सैनामैना-जनप्रिय स्पोर्टिंग युवा क्लव,सैनामैना७,देवापार,रुपन्देहीको आयोजनामा गत २४ गते देखि शुरु भएको तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिताको तेश्रो दिन सोमबार भएको प्रतियोगितामा भैरव स्पोर्टस एफ।सी। नवलपरासी विजयी भएको छ। भैरव स्पोर्टस एफ।सी। नवलपरासी र चापाकोट युनाइटेड एफ।सी। विच भएको पहिलो चरणको खेलमा चापाकोट युनाइटेड एफ।सी।लाई २(१ गोल अन्तरले पराजित गरी भैरव एफ।सी। नवलपरासी विजयी भई दोश्रो चरणमा प्रवेश गरेको क्लवका प्रेस संयोजक दीपक नयौपानेले जानकारी दिनु भएको छ।

प्रतियोगितामा विजेता हुने टिमले २ लाख २२ हजार २ सय २२ रुपैया नगद पुरस्कार सहित कप र मेडल पाउने छन । त्यस्तै उप विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने छन भने प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु।१० हजार नगद वा सोही रकम बराबरको माउण्टेन साइकल पाउने छन।

फागुन ५ गते सम्म संचालन हुने सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिंग युवा क्लव देवापारको व्यबस्थापनमा संचालित तेश्रो सैनामैना मेय कप नकआउट फुटवल प्रतियोगितामा १२ फुटवल टिमहरुले सहभगिता जनाएका छन भने हरेक दिनको खेलमा म्यान अफ द म्याच हुने खेलाडीले नगद २ हजार रुपैया र अवार्ड प्राप्त गर्ने छन। यसैगरी प्रतियोगितामा सेमी फाइनल सम्म पुग्ने दुई टिमहरुलाई जनही २०र२० हजार रुपैया प्राप्त गर्ने आयोजकले जानएको छ। प्रतियोगिता सैनामैना ७ देवापारमा रहेको सरस्वती माध्यमिक विधालयको खेल मैदानमा भइरहेको छ।