नेविसंघद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी

प्रकाशित मिति:

बुटवल । नेपाल विद्यार्थी संघले लुम्बिनी वाणिज्य क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनलाई आफूहरुको मागबारे पटकपटक ध्यानाकर्षण गराउँदा समेत सम्बोधन नभएकोले बाध्य भएर तालाबन्दी गरेको कमिटी सभापति सुरज क्षेत्रीले बताए । तालाबन्दीपछि नेविसंघ लुम्बिनी वाणिज्य क्याम्पसका ईकाई सभापति सुरज क्षेत्रीले विज्ञप्ति जारी गर्दै क्याम्पसले अटोनोमसको नाममा नाफा कमाउने क्याम्पसको रुपमा जान लागेको बताउदैं तत्कात अटोनोमसको पुर्ण रुपमा खारेज गर्न माग गरे ।

विज्ञप्तीमा अम्बिलम्ब बिबिएसको इन्ट्रान्स खुलाई भर्ना सुरु गर्न पनि माग गरेको छ । BBA-FA र MBS मा २० % शुल्क घटाउनुपर्ने, लकडाउन अवधिभरको शुल्क मिनाहा गर्नुपर्ने, theory along with practial शैक्षिक प्रणालीलाई अघि सारी पुर्ण रुपमा लागू गर्नुपर्ने, विद्यार्थीहरुलाई शुल्क बुझाउँदा झन्झटिलो भएको भन्दै मोबाईल बैंकिङको संचालन गर्नुपर्ने र २०७४-११-३० मा सहमती भएका ६ बुंदे माग अबिलम्ब पूरा गर्नुपर्ने माग राखेको छ ।संघले आफ्ना मागहरु ५ दिन भित्रमा सुनुवाइ नभए क्याम्पस प्रशासनविरुद्ध कडा आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी दिएको छ ।