सैनामैना मेयरकप फुटबल : भैरव एफसी नवलपरासी विजयी

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको सैनामैना जारी तेस्रो मेयरकप फुटबल प्रतियोगिता अन्तरगत सोमबारको खेलमा भैरब एफसी नवलपरासी विजयी भएको छ । भैरब एफसीले चापाकोट यूनाइतेडलाई २–१ गोल अन्तरलेपछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

सैनामैना नगरको आयोजना तथा जनप्रिय स्पोर्टिङ्ग युवा क्लबको व्यवस्थापनमा स्थानीय सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा जीतका लागि भैरब एफसीका रोशन रानाले १३ औं र ७५ औं मिनेटमा गरी दुई गोल गरेका थिए । यसैगरी चापाकोटको तर्फबाट पेनाल्टिमार्फत डोना थापाले ४९ मिनेमा गोल गरे पनि जीतका लागि प्रयाप्त भएन । सोमबारको खेलमा भैरबका रोशन म्यान अफ दि म्याच घोषित भएका छन् ।

मँगलबार नव कञ्चन एफसी र मुर्गिया एफसी सुर्योदयका बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले २ लाख २२ हजार २२२ नगद राशीसहित ट्रफि र मेडल प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ११ हजार १११ रुपैयाँ नगद प्राप्त गर्ने छ । यसैगरी विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।