कलाकार पूजा गहतराजको दुर्घटनामा मृत्यु

प्रकाशित मिति:

बुटवल – सवारी दुर्घटनामा परि बुटवलकी कलाकार पूजा गहतराजको मृत्यु भएको छ । बुटवलबाट मणिग्राम तर्फ जाँदै गरेको लु ३० प ८५६९ नम्बरको स्कूटरलाइ नम्बर नखुलेको बसले ठक्कर दिँदा बुटवल ६ चाँदबारी निवासी २६ बर्षिय गहतराजको सोमबार मृत्यु भएको हो ।

तिलोत्तमा ३ शंकरनगरमा सोमबार साँढे ४ बजे बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । बसले ठक्कर दिएपछि घाइते पूजालाइ क्रिमशन अस्पतालमा लगिएको थियो ।

२६ बर्षिया पूजा गहतराज नृत्यङ्गना हुन् भने न्यू इन्भारोमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् ।उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत हुन ।