शान्ति नमुनामा विभिन्न प्रतियोगिता

प्रकाशित मिति:

तिलोत्तमा, माघ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा मंगलबार विभिन्न प्रतियोगिताहरु भएका छन् । विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो ।
जस अन्तरगत सिनियर तर्फ नेपाली माध्यममा भएको वक्तृत्वकला प्रतियोगितामा श्रृष्टी खरेल प्रथम , अनिल पौडेल द्वितीय र कोमल प्रसाद पाण्डे तथा केदार ज्ञवाली तृतीय भएका छन् भने कुशल आचार्यले प्रोत्साहन स्थान प्राप्त गरेका छन् । त्यस्तै जुनियरतर्फ भएको कविता वाचन प्रतियोगितामा गंगा भण्डारी प्रथम, सेवा रेग्मी द्वितीय, इभान्जेलिना श्री तृतीय तथा आशिष खनालले प्रोत्साहन स्थान प्राप्त गरेको साहित्य समितिका सदस्य सुमित्रा सापकोटाले जानकारी दिनुभयो ।

विद्यालयका साहित्य कार्यक्रम संयोजक चन्द्रकान्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक स्थानेश्वर बस्यालले आफ्नो भनाई राख्नु भएको थियो भने शिक्षकहरु दिनेश खड्का , शुसिला पाण्डेय लगायतले रचना वाचन गर्नुभएको थियो ।त्यस्तै कक्षागत रुपमा भएको कुर्सी दौडमा कक्षा ६ मा गंगा खरबिन्द प्रथम, श्रेया पंगेनी द्वितीय र आशिका पुन मगर तृतीय भएका छन् भने कक्षा ७ मा मधु ढकाल प्रथम, पुष्पा पाण्डे द्वितीय तथा वर्षा भट्टराई तृतीय भएका छन् । यस्तै कक्षा ८ मा नेहा भट्टराई प्रथम, प्रशंसा पोख्रेल द्वितीय तथा आशिका जैशी तृतीय भएका छन् भने कक्षा ९ मा सिमानु लामिछाने मगर प्रथम, निकिता पाण्डे द्वितीय र राधा कंडेल तृतीय भएका छन् ।

यसैगरी कक्षा ११ र १२ तर्फ छात्रहरुको कबड्डी प्रतियोगितामा कक्षा १२ विज्ञान समुह प्रथम, कक्षा ११ व्यवस्थापन समुह द्वितीय र कक्षा १२ शिक्षा समुह तृतीय भएका छन् ।यसैगरी छात्रतर्फ भएको ट्रिपल जम्पमा सुनिल रावल प्रथम,बिशाल दंगोरिया द्वितीय तथा समिर कुँवर तृतीय भएका छन् । लङ्ग जम्पमा सुनिल रावल प्रथम, बिशाल दंगोरिया द्वितीय तथा समिर कुवँर तृतीय भएका छन् भने हाई जम्पमा सुनिल रावल प्रथम, जीत बहादुर दर्जी द्वितीय तथा बिशाल श्रेष्ठ तृतीय भएका छन् ।

यसैगरी छात्रातर्फ भएको लङ्ग जम्पमा शिवानी शर्मा प्रथम, सुस्मिता नेपाली द्वितीय र दीपा खत्री तृतीय भएका छन् भने हाई जम्पमा फुल कुमारी थारु प्रथम, सुस्मिता नेपाली द्वितीय तथा दिव्या खत्री तृतीय भएको अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो । यसैगरी क्रिकेट, बास्केटवल, छेलो फाल्ने लगायतका प्रारम्भिक खेलहरु पनि सम्पन्न भएका छन् ।
मंगलबार सम्पन्न प्रतियोगिताका विजेताहरुलाई विद्यालयका सल्लाहकार सदस्य लक्ष्मण खनाल, प्रधानाध्यापक कुल प्रसाद लामिछाने, सहायक प्रधानाध्यापक किशार कुमार खनाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।