तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न

प्रकाशित मिति:

२७ माघ,सैनामैना- तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल खेल प्रतियोगिताको चौथो दिन मुर्गिया फुटवल क्लव,सूर्योदय र नव कञ्चन फुटवल क्लव बिच प्रतिस्पर्धा सम्पन्न भएसंगै प्रतियोगिताको पहिलो चरणका सम्पुर्ण खेलहरु सम्पन्न भएको छ। मंगलवार सम्पन्न प्रतिस्पर्धामा नव कञ्चन फुटवल क्लवलाई ३(१ गोल अन्तरले मुर्गिया फुटवल क्लव,सूर्योदय पराजित गरी दोश्रो चरणमा प्रवेश गरेको छ।

सैनामैना नगरपालिकाको आयोजना र जनप्रिय स्पोर्टिंग युवा क्लव,देवापारको व्यबस्थापनमा भएको तेश्रो सैनामैना मेयर कपप नकआउट प्रतियोगितामा देश भरका १२ फुटवल टिमले सहभागिता जनाएका छन। प्रतियोगितामा विजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने मंगलवार भएको प्रतिस्पर्धामा मुर्गिया फुटवल क्लव,सूर्योदयका अरुण चौधरी म्यान अफ द म्याच घोषित भएका छन।यसैगरी प्रतियोगितामा उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित कप तथा मेडल प्राप्त गर्ने प्रतियोगितामा अन्तिम ४ मा पुग्ने दुई समुहलाई सान्त्वना स्वरुप २०र२० हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने छन भने प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई माउण्टेन साइकल वा १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन । यस्तै उत्कृष्ट स्ट्राइकर, डिफेण्डर, गोल रक्षक, मिड फिल्डर, उत्कृष्ट कोच तथा सर्वाधिक गोलकर्तालाई नगद ५र५ हजार पुरस्कार प्रदान गरिने र प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीले जनही २ हजार रुपैया र अवार्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।

बिगत ३ बर्ष देखि सैनामैना मेयर कप प्रतियोगिता संचालन गर्दै आएको जनप्रियले यस अघि लालसिंह मिधुन स्मृति कप(२०७१ र सैनामैना गोल्ड गोल्ड कपको रुपमा संचालन गर्दै आएको थियो । स्थानिय रुपमा रहेका विविध कला र संस्कृतिको जर्गेना हेतुले देउसी भैलो कार्यक्रमबाट शुरु भएको जनप्रिय स्पोर्टिंग क्लवको यात्रा स्थानिय सरकारको रुपमा स्थापित सैनामैना नगरपालिकाले फुटवल खेल प्रतियोगिताको लागि आयोजकको रुपमा अभिभावकत्व ग्रहण गरे लगत्तै सैनामैना मेयर कपको रुपमा विगत ३ बर्ष देखि नकआउट फुटवल प्रतियोगिता संचालन हुदै आएको हो ।

संघिय संरचना निर्माण भएसंगै स्थानिय सरकारले स्थानिय क्लवसंग संयुक्त साझेदारी गरी खेलकुदको विकासको लागि मेयर कप संचालन गरेको यो सम्भवत पहिलो प्रतियोगिताको रुपमा लिइएको छ।स्थानिय युवाहरुलाई खेलकुदको माध्यमबाट नगरपालिकाको विकासमा अपनत्व बनाउन पनि नगरपालिकाले खेलकुदमा निशर्त लगानी गरेको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले बताउनु भएको छ। खेलकुदले युवाहरुलाई एकता,समन्वय र सहकार्यको भावना हुने र युवाहरुमा भएको सो एकता,समन्वय र सहकार्यको भावनाले नगरको विकासमा महत्वपुर्ण योगदान पुग्ने समेत विश्वास व्यक्त गर्नु भएको छ।