दुई दिने सामुहिक चित्रकला प्रदर्शनी-२०७७ सम्पन्न

प्रकाशित मिति:

२७ माघ,बुटवल । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागको आयोजनामा बुटवलमा दुई दिने सामुहिक चित्रकला प्रदर्शनी(२०७७ु मंगलबार सम्पन्न भयो ।प्रदर्शनीमा नेपाली परम्परागत पौभा र थाङ्का चित्रकलाका प्रशिद्ध दिवङ्गत तथा वर्तमान चर्चित कलाकारहरूका कलाहरू राखिएका थिए ।

प्रदर्शनीको उद्घाटन समारोहमा नेपाल ललितकला विभाग, परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धि बहादुर गुरूङले परम्परागत कला र आधुनिक कलाकारबीच अन्तरक्रिया गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको बताउनु भयो । पौभा चित्र प्रदर्शनी गर्न चित्रकला बिग्रिने जोखिम रहेको हुॅदा सोही चित्रको छापेर प्रदर्शनी गर्न सहज भएको बताउॅदै प्राज्ञ बुद्धिबहादुर गुरूङले नेपाली पौभा चित्र विदेशमा लोकप्रिय र प्रशिद्ध भए पनि नेपाली बीच चिनाउनु आवश्यक रहेको बताउनु भयो ।

नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष देवेन्द्र थुम्केली स्थानीय पाठ्यक्रममा स्थानीय कला र प्रविधिलाई प्राथामिकता दिनुपर्ने चर्चा गर्दै भक्तपुर नपाले कला र संस्कृतिको लागि बजेट छुट्याएको अनुकरणीय छ भन्नु भयो । अध्यक्ष थुम्केलीले परम्परागत नेपाली चित्रकलाको वर्तमान अवस्थाु र नेपालमा कला शिक्षाु विषयक दुई कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, कलाकारहरू मन गोल्डी, पूर्ण ह्योजू, उदयचन्द्र श्रेष्ठ, एचबी रम्तेल, पत्रकार सुन्दर वासी, बुनपा ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले नेपाली कलाको विकासबारे टिप्पणी गरेका थिए ।